बैतडीमा पाँच मतदान केन्द्र थपिए « Khabarhub

बैतडीमा पाँच मतदान केन्द्र थपिए


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँचवटा मतदान केन्द्र थपिएका हुन् ।

यहाँको सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका–९ को केदार आधारभूत विद्यालय सीम लोडासौँ, शिवनाथ गाउँपालिका–३ को श्रीपूर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो ।

त्यसैगरी, एउटा मतदान केन्द्र घटाइएको छ । मेलौली नगरपालिका–२ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र हटाइएको हो ।

गत निर्वाचनमा दुई सय १० वटा मतदान केन्द्र रहेकामा अब भने दुई सय १४ मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी र्दिए । मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेको उनले जानकारी दिए ।

गएको निर्वाचनमा दुई सय १० वटा मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि दुई सय १४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए । मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेका उनले बताए ।

जिल्ला सदरमुकाममा एउटा अस्थायी मतदान केन्द्र रहने छ । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलनको काम गरिहेको छ । स्थानीय, प्रदेश र सङ्घमातहत रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा रहेका वा वृद्धाश्रममा रहेकाहरूको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख जोशीले बताए ।

जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । यस वर्ष छ हजार २१६ मतदाता थपिएका बताइएको छ । यसअघि एक लाख ५० हजार १५६ मतदाता रहेका थिए । (रासस)

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : ३० बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको