भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो « Khabarhub

भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो

२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट

210
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलामाथि गरिएको सैन्य कारबाहीपछि क्यारिबियन क्षेत्रमा लगाइएको हवाई क्षेत्रसम्बन्धी प्रतिबन्ध अमेरिकाले शनिबार राति हटाएको छ । उक्त प्रतिबन्धका कारण यसअघि व्यावसायिक उडानहरू अस्थायी रूपमा रोकिएका थिए ।

समाचारअनुसार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई हेलिकोप्टरमार्फत न्युयोर्क सहर लगिएको छ, जहाँ उहाँहरूमाथि लागूऔषध तस्करी तथा हतियारसम्बन्धी अभियोग लगाइएको छ ।

अमेरिकी विशेष फौजले शनिबार बिहान सबेरै राजधानी काराकास तथा वरपरका क्षेत्रमा हवाई आक्रमणसहितको सैन्य कारबाही सञ्चालन गरी मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मध्यरात १२ बजेपछि प्रारम्भिक प्रतिबन्ध समाप्त भएको र त्यसपछि नियमित उडानहरू पुनः सञ्चालन गर्न अनुमति दिइएको बताएका छन्।

उनका अनुसार सम्बन्धित वायुसेवा कम्पनीहरूलाई आवश्यक सूचना दिइसकिएको छ र उडान तालिका छिट्टै अद्यावधिक गरिनेछ ।

यसअघि अमेरिकी संघीय उड्डयन निकायले जारी गरेको सूचनामा क्यारिबियन क्षेत्रमा जारी सैन्य गतिविधिका कारण उडान सुरक्षामा जोखिम देखिएको उल्लेख गर्दै उक्त हवाई क्षेत्र प्रयोग नगर्न निर्देशन दिएको थियो ।
 
प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १२ : २२ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६