फिल्म ‘आँबाट आमा’को गीत ‘लैजा खबर’को नेवारी भर्सन यमनले गाए, मदनकृष्णले शब्द मिलाए « Khabarhub

फिल्म ‘आँबाट आमा’को गीत ‘लैजा खबर’को नेवारी भर्सन यमनले गाए, मदनकृष्णले शब्द मिलाए


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका विपना थापा र नायक पल शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘आँबाट आमा’मा समावेश गीत ‘लैजा खबर ए हावा’लाई नेवारी भर्सनमा सार्वजनिक गरिने भएको छ ।

प्रचारमा नेवारी समुदायका दर्शकहरुलाई समेट्ने हेतुले यो गीत निकाल्न लागिएको हो । निर्माण पक्षका अनुसार नेवारी भर्सनको गीतमा यमन श्रेष्ठले स्वर दिने भएका छन् ।

अहिले युट्युबमा चर्चामा रहेको यस गीतको नेवारी भर्सनमा स्वर दिएका यमन दर्शकबाट प्रतिक्रियाको पर्खाइमा छन् ।

उनले भने, ‘यो गीतलाई मैले युट्युबमा सुनिरहेको थिएँ । टिमबाट मलाई यो गीत नेवारी भाषा गाउन अफर गर्नुभयो । नेवारी भाषामा पनि अनुवाद गर्न मलाई नै लगाउनुभयो ।’

आफ्ना बुवा कलाकार मदनकृष्ण श्रेष्ठले अनुवादमा पाटो हरेको उनले खुलाए । उनले भने, ‘मैले बुवाले यो गीतको अनुवाद गर्न लगाएँ । बुवाले नै नेवारी भाषामा गीत तयार गरिदिनुभयो । नेवारी भाषा मेरोभन्दा उहाँको राम्रो छ ।’

‘लैजा खबर’को ओरिजिनल भर्सनमा गायक रवि ओडको स्वर रहेको छ । शब्द र संगीत भने बाबुल गिरीको हो ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरामा बनेको यस फिल्ममा भारतीय कलाकार प्रदीप रावत, उपा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेललगायतको अभिनय रहेको छ ।

फिल्ममा कृष्णप्रसाद सुबेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ । माघ १६ बाट प्रदर्शनमा आउने यस फिल्मको निर्देशक चन्द्र पन्त हुन् । पन्तले गत वर्ष प्रदर्शजमा आएको फिल्म ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू गरेका हुन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ०० बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६