प्रचण्ड दिल्ली जानुअघि ओलीसँग भेटवार्ता, सम्भावित चुनावी तालमेलबारे छलफल « Khabarhub

प्रचण्ड दिल्ली जानुअघि ओलीसँग भेटवार्ता, सम्भावित चुनावी तालमेलबारे छलफल


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठडमाडौं- दुई वाम घटक नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच फेरि संवाद हुन थालेको छ।

२०७७ फागुनमा नेकपा विघटित भएपछि एक नदीका दुई किनारा भएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच फेरि संवाद बाक्लिन थालेको हो ।

खासगरी भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि बिलखबन्दमा परेका यी दुई दलबीच फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र त्यसअघि माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनमा मिल्ने विकल्प खोजी हुन थालेको हो ।

भदौ २४ गतेसम्म सत्ता साझेदार रहेको नेपाली कांग्रेसभित्रको आन्तरिक कलह गहिरिँदै जाँदा एमालेसँगको समीकरण कायमै हुने सम्भावना कमजोर भएको छ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष तथा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाहरूबीचको शक्ति संघर्षले विभाजनको रेखा कोरिएका बेला एमालेसँग सहकार्यको सम्भावना कमजोर भएको छ।

कांग्रेससँग चुनावी तालमेल या सत्ता सहकार्य कमजोर भइरहेका बेला एमालेले नेकपासँग सम्बन्ध सुधार्ने कोसिस थालेको हो । यो भेट पनि एमाले अध्यक्ष ओलीकै चहानाअनुसार भएको स्रोतले उल्लेख गरेको छ।

आइतबार ललितपुरको च्यासलस्थित एक वाम कार्यकर्ताको घरमा ओली र प्रचण्डबीच एक्ला एक्लै करिब आधा घण्टा लामो संवाद भएको हो ।

यो भेटमा समसामयिक राजनीति, माघ ११ को राष्ट्रिय सभा निर्वाचन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे कुराकानी भएको बताइएको छ। प्रचण्डको सचिवालयले यसबारे अरू विस्तृत विवरण खुलाएको छैन ।

दुई नेताबीच माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनमा तालमेलको सम्भावनाबारे कुरा भएको छ। तर अझै पनि यी दुई दल सहमतिनजिक पुगेका छैनन् ।

प्रचण्ड आइतबार साँझ नै भारतको यात्रामा जाँदैछन् । भारत जानुअघि दुई नेताबीच भएको यो भेटलाई राजनीतिक कोणमा अर्थपूर्ण मानिएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको पार्टीको एकता सन्देश सभालाई सम्बोधनका लागि प्रचण्ड भारत जाने कार्यक्रम छ । जहाँ उनले भारतीय संस्थापनसँग राजनीतिक भेटघाटको पनि कोसिस गर्नेछन् ।

२०८१ असार १७ गते एमाले अध्यक्ष ओलीले माओवादीसँगको गठबन्धन तोडेर नेपाली कांग्रेससँग मिलेदेखि यी दुई नेताको सम्बन्ध बिग्रिएको छ । तर अब जेन-जी आन्दोलनले संकटमा पारेपछि उनीहरू मिल्ने दिशातिर संवादमा बसेका हुन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : १२ बजे

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

जनकपुर– मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले

म्यान्मा घोटाला प्रकरणमा चीनमा ११ जनालाई मृत्युदण्ड

एजेन्सी– चीनले बिहीबार दूरसञ्चार ठगी घोटालामा संलग्न ‘प्रमुख सदस्यहरू’ सहित

सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो आस्था र अस्तित्वसँग