महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ : प्रदीप ज्ञवाली « Khabarhub

महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ : प्रदीप ज्ञवाली


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताएका छन् । सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको धारणा व्यक्त गरेका छन् ।

उनले हाल देखिएको प्रतिकूलता क्षणिक भएको उल्लेख गर्दै लोकतन्त्रको पक्षमा उभिएको जनशक्तिले पार्टीलाई थप बलियो बनाएको बताए। केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा समावेश हुनु एमालेभित्र पुस्तान्तरणको सकारात्मक सन्देश भएको उनको भनाइ छ । 

उनले भिन्न धारबाट आएका नेता तथा कार्यकर्तालाई क्रियाशीलताको मूल्यांकन तथा योगदानको कदर गरिने बताए। एमाले सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण शक्ति भएको उनले दाबी गरे।

चुनावबाट पन्छिने कल्पना पार्टीले नगरेको स्पष्ट पार्दै उनले चुनावका लागि सरकारले उपयुक्त वातावरण बनाउन आवश्यक भएको बताए। 

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : २३ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६