बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’ ट्रेलरलाई दुई दिनमै हेरियो १८ लाख पटक, प्रतिक्रिया पनि सकारात्मक « Khabarhub

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’ ट्रेलरलाई दुई दिनमै हेरियो १८ लाख पटक, प्रतिक्रिया पनि सकारात्मक


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगत १७ वर्षदेखि सानो पर्दामार्फत् दर्शकलाई मनोरञ्जन दिइरहेका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले ठूलो पर्दामा हात हालेका छन् ।

माघ १ गतेबाट उनले डेब्यू लेखन, निर्माण र निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ प्रदर्शनमा आउँदैछ । गत शुक्रबार सार्वजनिक यस फिल्मको ट्रेलरले उनको पात्रमार्फत् फिल्मको कथा अगाडि बढ्ने प्रष्ट पारेको छ ।

युट्युबबाट सार्वजनिक यस ट्रेलरलाई सुरुवाती दुई दिनमा १८ लाखभन्दा बढी पटक हेरिएको छ । शुक्रबार दिउँसो सार्वजनिक यस ट्रेलरले आइतबार साढे १ बजेसम्म १८ लाख ९० हजारभन्दा बढी भ्युज पाएको हो ।

अहिले यो ट्रेलर फिल्मतर्फ युट्युबको ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा छ । पहिलो स्थानमा भारतीय फिल्म छ ।

त्यस्तै, ट्रेलरले १ हजारभन्दा बढी प्रतिक्रिया पाएको छ । ती मध्ये प्रायः सबै सकारात्मक छन् ।

केहीले ‘ठूलो पर्दामा ‘बल्छी’लाई हेर्ने’ रहर पूरा भएको प्रतिक्रिया दिएका छन् । केहीले ‘धेरैपछि राम्रो ट्रेलर हेर्न’ पाएको बताए ।

मनोज तामाङ लेख्छन्, ‘फिल्मको कस्तो व्यापार गर्छ थाहा छैन । तर ३ मिनेटको ट्रेलर हेर्दा मज्जा आयो ।’

ट्रेलरमा पशुपतिको दृश्यमा बल्छीले आमाको भूमिकामा रहेकी सितादेवी तिम्लसेनालाई भन्छन्, ‘पशुपतिको बास भयो है आमा ।’ जवाफमा सितादेवीले भन्छिन्, ‘सबैको अन्तिम बास त यही त हो नि ।’

यो संवादले धेरै दर्शकको मन छोएको प्रतिक्रियाबाट बुझ्न सकिन्छ । जस्तै, मिलन भ्लग लेख्छन्, ‘बल्छीबाट केही ठूलो कुरा आयो । २ मिनेट ४७ सेकेन्डको दृश्य मनपर्‍यो ।’ मिलन जस्तै कमेन्ट लेख्नेहरु अरु पनि छन् ।

केहीले फिल्म हेर्नका लागि प्रदर्शन मिति पर्खिरहेको प्रतिक्रिया सेयर गरेका छन् ।

युट्युबमा ‘गोबर गणेश’को ट्रेलर दर्शकले मन पराएको छ । अब हलमा कत्तिको दर्शकको साथ पाउँछ त्यो हेर्न दुई साताभन्दा कम समय छ । अर्को बिहीबार यो फिल्म प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : ०३ बजे

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो, सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’

बर्लिन– जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका