बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’ ट्रेलरलाई दुई दिनमै हेरियो १८ लाख पटक, प्रतिक्रिया पनि सकारात्मक « Khabarhub

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’ ट्रेलरलाई दुई दिनमै हेरियो १८ लाख पटक, प्रतिक्रिया पनि सकारात्मक


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगत १७ वर्षदेखि सानो पर्दामार्फत् दर्शकलाई मनोरञ्जन दिइरहेका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले ठूलो पर्दामा हात हालेका छन् ।

माघ १ गतेबाट उनले डेब्यू लेखन, निर्माण र निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ प्रदर्शनमा आउँदैछ । गत शुक्रबार सार्वजनिक यस फिल्मको ट्रेलरले उनको पात्रमार्फत् फिल्मको कथा अगाडि बढ्ने प्रष्ट पारेको छ ।

युट्युबबाट सार्वजनिक यस ट्रेलरलाई सुरुवाती दुई दिनमा १८ लाखभन्दा बढी पटक हेरिएको छ । शुक्रबार दिउँसो सार्वजनिक यस ट्रेलरले आइतबार साढे १ बजेसम्म १८ लाख ९० हजारभन्दा बढी भ्युज पाएको हो ।

अहिले यो ट्रेलर फिल्मतर्फ युट्युबको ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा छ । पहिलो स्थानमा भारतीय फिल्म छ ।

त्यस्तै, ट्रेलरले १ हजारभन्दा बढी प्रतिक्रिया पाएको छ । ती मध्ये प्रायः सबै सकारात्मक छन् ।

केहीले ‘ठूलो पर्दामा ‘बल्छी’लाई हेर्ने’ रहर पूरा भएको प्रतिक्रिया दिएका छन् । केहीले ‘धेरैपछि राम्रो ट्रेलर हेर्न’ पाएको बताए ।

मनोज तामाङ लेख्छन्, ‘फिल्मको कस्तो व्यापार गर्छ थाहा छैन । तर ३ मिनेटको ट्रेलर हेर्दा मज्जा आयो ।’

ट्रेलरमा पशुपतिको दृश्यमा बल्छीले आमाको भूमिकामा रहेकी सितादेवी तिम्लसेनालाई भन्छन्, ‘पशुपतिको बास भयो है आमा ।’ जवाफमा सितादेवीले भन्छिन्, ‘सबैको अन्तिम बास त यही त हो नि ।’

यो संवादले धेरै दर्शकको मन छोएको प्रतिक्रियाबाट बुझ्न सकिन्छ । जस्तै, मिलन भ्लग लेख्छन्, ‘बल्छीबाट केही ठूलो कुरा आयो । २ मिनेट ४७ सेकेन्डको दृश्य मनपर्‍यो ।’ मिलन जस्तै कमेन्ट लेख्नेहरु अरु पनि छन् ।

केहीले फिल्म हेर्नका लागि प्रदर्शन मिति पर्खिरहेको प्रतिक्रिया सेयर गरेका छन् ।

युट्युबमा ‘गोबर गणेश’को ट्रेलर दर्शकले मन पराएको छ । अब हलमा कत्तिको दर्शकको साथ पाउँछ त्यो हेर्न दुई साताभन्दा कम समय छ । अर्को बिहीबार यो फिल्म प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : ०३ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले