अमेरिकी सांसदको प्रश्न– पुटिनले जेलेन्स्कीलाई ‘गिरफ्तार’ गरे भने के हुन्छ ? « Khabarhub

अमेरिकी सांसदको प्रश्न– पुटिनले जेलेन्स्कीलाई ‘गिरफ्तार’ गरे भने के हुन्छ ?


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा कब्जा गरिएपछि अमेरिकाभित्रै प्रश्न उठेको छ।

अमेरिकी सेनाले उनीहरूलाई भेनेजुएलाको राजधानी कराकासबाट कब्जा गरी न्यूयोर्क लगेपछि विरोध भइरहेको छ।

भारतीय मूलका डेमोक्रेटिक सांसद रो खन्नाले पनि ट्रम्पको सैन्य कदमको आलोचना गरेका छन्। उनले भने, ‘यदि यस्तै तरिकाले पुटिनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई पक्राउ गरे भने के हुन्छ?’

यस्तो कदमले संसारका लागि खतरनाक नजिर बस्न सक्ने उनले बताएका छन् ।

उता उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का पूर्व प्रमुख भेस्ली क्लार्कले भेनेजुएलामाथि नियन्त्रण गर्न अमेरिकालाई निकै गाह्रो पर्ने चेतावनी दिएका छन् ।

पूर्व प्रमुख क्लार्कले सीएनएनसँग कुरा गर्दै भेनेजुएलामा बढ्दो शत्रुताले अमेरिकाका लागि खतरा सिर्जना गर्न सक्ने बताएका छन् । यदि अमेरिकाले सेनामार्फत त्यहाँको तेल नियन्त्रण गर्ने प्रयास गरे अर्को तनाव चुलिने उनले बताएका छन्।

रिटायर्ड जनरल भेस्ली क्लार्कले भने, ‘अघिल्ला उदाहरणहरूमा पनि देखिएको छ, जब कुनै ठूलो शक्ति केवल स्रोत लुट्ने उद्देश्यले कुनै देशमा प्रवेश गर्छ, त्यहाँका जनताले त्यसलाई स्वीकार गर्दैनन्। राष्ट्रपति चाहे जति नै ती स्रोत अमेरिकी हुन् भनी दाबी गरून्, पहिले लगानी गरियो । पछि राष्ट्रियकरण भयो भन्ने तर्कले पनि अवस्था सहज हुँदैन।’

कुनै देश शत्रु बनेपछि त्यहाँको तेलमाथि मात्र नियन्त्रण कायम राख्नु सजिलो नहुने पनि उनले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ०९ बजे

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा