कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै « Khabarhub

कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता दिएको छ । वडावडामा दृश्यसँगै आवश्यक तथ्याङ्क प्रदान गर्ने उद्देश्यले महानगरले सिसिटिभी क्यामरा जडान तीव्र बनाएको हो ।

कामपा–३० ले वडाका विभिन्न २९ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइबर इन्टरनेटका माध्यमबाट निगरानी कक्षमा जोडी निगरानी गरिरहेको वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार यस क्रममा वडा नं २६ ले वडामा निगरानी कक्ष सञ्चालनमा ल्याई विभिन्न ७७ वटा क्यामरा जडान गरिसकेको छ ।

वडा नं ३२ र ३ को बोलपत्र आह्वान हुने चरणमा छ । वडा नं १४ को बोलपत्र आह्वान भइसकेको छ । सहरभित्रका सिसिटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु बाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम(निगरानी कक्ष) बनाउनका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

‘यो अत्याधुनिक प्रणाली जडान भइसकेपछि अल्ट्राएचडी (फोरके) क्वालिटीमा आवाजसहित दृश्य प्राप्त हुन्छ । यसबाट कुनै घटना हुनासाथ प्रहरी र सम्बन्धित अधिकारीलाई स्वचालित प्रणालीबाट दृश्य र फोटोसहितको जानकारी पुग्छ । दुर्घटना भए तत्काल उद्धार गर्न सकिन्छ’, उनले भने।

कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंका अनुसार विगतका अपराधजन्य घटना हेर्दा अपराध गर्नेले सबैभन्दा पहिले सिसिटिभीमा क्षति गरेको देखिन्छ ।

‘एउटा क्यामरामा क्षति गरे त्यसको विवरण अर्कोले पठाउने प्रणालीसहित सहरको निगरानी गर्ने क्यामरा जडान गरेका छौँ । यसको संरक्षणमा सबैको समन्वय आवश्यक छ’, उनले भने ।

सडक तथा सार्वजनिकस्थलमा गल्ती गरेर अब कोही उम्किन नपाउने गुरागाईंको भनाइ छ ।

‘यसले अपराध गर्नेको मात्र होइन । विकासमा दोहोरोपना गर्ने र गलत विकास संरचना बनाउनेको पनि निगरानी गर्नेछ’, उनले भने।
 
‘अहिले जडान भएका क्यामराहरू एआई प्रविधिमा आधारित आठ वटासम्म सेन्सर जोड्न मिल्ने, ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभिआइएफ) प्रोटोकलका हुन् । आठ मेगापिक्सल र चार मेगापिक्सलका क्यामराले ५५० मिटरसम्म दूरीका दृश्यहरू स्पष्ट रूपमा खिच्न र कैद गर्न सक्छन्’, गुरागाईंले भने। 

एआईका विशेषता भएका यी क्यामराले सवारीसाधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारीसाधन आवतजावतको गणना पनि गर्ने उनले जानकारी दिए । बत्ती गए पनि यी क्यामरा चल्नेगरी व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : १४ बजे

धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा