दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण « Khabarhub

दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टाअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिएका छन् । 

दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको विज्ञप्‍तिअनुसार उत्तर कोरियाको राजधानी क्षेत्रबाट बिहान करिब ७ः५० बजे क्षेप्यास्त्र प्रक्षेपण गरिएको पत्ता लागेको हो । ती क्षेप्यास्त्रहरू करिब ९०० किलोमिटर उडेर समुद्रमा खसेका छन् । दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरूले प्रक्षेपणसम्बन्धी विवरणको विश्लेषण गरिरहेका छन् ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको कुनै पनि उक्साहटको जवाफ दिन तयारी अवस्थामा रहेको र मिसाइल प्रक्षेपणबारे अमेरिका तथा जापानसँग नजिकको समन्वय र सूचना आदानप्रदान भइरहेको जनाएको छ । जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै यसले जापान मात्र नभई, क्षेत्र र विश्वको शान्ति तथा सुरक्षालाई गम्भीर खतरा पुर्‍याएको बताए।

विशेषज्ञहरूका अनुसार यी प्रक्षेपणहरू उत्तर कोरियाले हालैका हप्ताहरूमा देखाउँदै आएको हतियार प्रदर्शनको पछिल्लो कडी हुन् ।

उत्तर कोरियाले आगामी सत्तारूढ वर्कर्स पार्टीको सम्मेलनअघि रक्षा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू देखाउने वा समीक्षा गर्ने उद्देश्य राखेको हुनसक्ने विश्लेषण गरिएको छ । यो सम्मेलन पाँच वर्षपछि पहिलोपटक हुने अपेक्षा छ । पर्यवेक्षकहरूका अनुसार सम्मेलनले अमेरिकासँगको नीतिगत दिशा र लामो समयदेखि रोकिएका वार्ताहरू पुनः सुरु हुने–नहुने सङ्केत दिन सक्छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता विफल भएपछि आणविक हतियार विस्तारमा ध्यान केन्द्रित गर्दै आएका छन् । युक्रेन युद्धको पृष्ठभूमिमा रुससँगको सहकार्य र चीनसँगको सम्बन्ध सुदृढ गर्दै उनले कूटनीतिक प्रभाव बढाएको विश्लेषण छ । दक्षिण कोरियाको गुप्तचर सेवाका अनुसार पार्टी सम्मेलन जनवरी वा फेब्रुअरीमा हुनसक्ने सम्भावना छ ।

आइतबारको प्रक्षेपण राष्ट्रपति लीको चारदिने चीन भ्रमणअघि भएको हो । उहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गर्दै उत्तर कोरियाको प्रमुख सहयोगी तथा ठूलो व्यापारिक साझेदार चीनलाई कोरियाली प्रायद्वीपमा शान्ति प्रवर्द्धनका लागि रचनात्मक भूमिका खेल्न आग्रह गर्ने तयारीमा छन् ।

दक्षिण कोरिया र अमेरिकाले लामो समयदेखि उत्तर कोरियालाई वार्तामा फर्काउन चीनको प्रभाव प्रयोग गर्न अनुरोध गर्दै आएका छन्, तर बेइजिङको वास्तविक प्रभाव कति छ भन्नेबारे प्रश्न उठ्दै आएको छ । पछिल्ला वर्षहरूमा उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रयासलाई चीन र रुसले बारम्बार अवरुद्ध गरेका छन् ।

प्रक्षेपणपछि दक्षिण कोरियाले आपतकालीन राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएको थियो । बैठकमा अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्ताव उल्लङ्घन हुने गरी गरिने ब्यालेस्टिक मिसाइल प्रक्षेपण तत्काल रोक्न उत्तर कोरियालाई आग्रह गरेका छन् । परिषद्को छलफल र आवश्यक कदमबारे राष्ट्रपति लीलाई जानकारी गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबीच, उत्तर कोरियाले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीबारे कुनै टिप्पणी गरेको छैन । शनिबार अमेरिकाले भेनेजुएलाका नेता निकोलस मदुरोलाई नियन्त्रणमा लिई अमेरिका लगेको घटनापछि क्षेत्रीय तथा विश्व राजनीतिमा तरङ्ग देखिएको छ । सियोलस्थित इवा वुमन्स युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययन प्राध्यापक लीफ–एरिक इस्लीका अनुसार यस्ता घटनाले किम जोङ–उनजस्ता नेताहरूलाई आणविक प्रतिरोध क्षमतामा अझ जोड दिन प्रेरित गर्न सक्छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले आइतबार किमले शनिबार एक हतियार कारखानाको निरीक्षण गरी त्यहाँ उत्पादित बहुउद्देश्यीय सटीक निर्देशित हतियारहरूको समीक्षा गरेको जनाएको छ । उनले उत्पादन क्षमता करिब २।५ गुणा बढाउन निर्देशन दिएको उल्लेख गरिएको छ । गत साता उत्तर कोरियाले लामो दूरीको रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको थियो भने डिसेम्बर २५ मा पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाउने तस्बिरहरू सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ३६ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद