शम्भुजित बास्कोटालाई मातृ शोक « Khabarhub

शम्भुजित बास्कोटालाई मातृ शोक


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार शम्भुजित बास्कोटाकी आमाको निधन भएको छ । उनकी आमा मिटूको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो ।

१०६ वर्षकी मिटूको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आइतबार बिहान चाबहिलको ओम अस्पातालमा लगिएको थियो । त्यही उनको निधन भएको गायक बास्कोटा निकट एक कलाकारले बताए ।

आमाको निधनपछि बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो आमाले मलाई एक्ले छोडेर यो संसारबाट सधैँका लागि बिदा लिनुभयो ।’

यही पोस्टमा कलाकारहरु रामकृष्ण ढकाल, पुस्कर गुरुङ, दीपाश्री निरौला, दीपकराज गिरी, सत्यराज आचार्य, निर्देशक प्रदीप भट्टराई लगायतले श्रद्धाञ्जली दिएका छन् ।

मिटूको आजै अन्त्येष्टि गरिनेछ । उनका चार सन्तान छन् । उनका तीन छोरी र एक छोरा हुन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : ०१ बजे

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता