भेनेजुएलामा अमेरिकी हमलाप्रति भारतको गम्भीर चासो, भन्यो : शान्तिपूर्ण संवाद थालियोस् « Khabarhub

भेनेजुएलामा अमेरिकी हमलाप्रति भारतको गम्भीर चासो, भन्यो : शान्तिपूर्ण संवाद थालियोस्


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत सरकारले वेनेजुएलामा देखिएको पछिल्लो घटनाक्रमप्रति गहिरो चासो व्यक्त गरेको छ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भारतले भेनेजुएलाका जनताको सुरक्षा र कल्याणप्रति आफ्नो समर्थन पुनः दोहोर्‍याएको छ।

सबै सरोकारवाला पक्षलाई संवादमार्फत् शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न र क्षेत्रीय शान्ति तथा स्थायित्व सुनिश्चित गर्न आग्रह पनि भारतले गरेको छ।

भारत सरकारले कराकासस्थित भारतीय दूतावास र त्यहाँ रहेका भारतीय समुदायका सदस्यहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। भारतले आफ्ना नागरिक र कर्मचारीका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइरहने पनि उल्लेख गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ५६ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,