भेनेजुएलामा अमेरिकी हमलाप्रति भारतको गम्भीर चासो, भन्यो : शान्तिपूर्ण संवाद थालियोस् « Khabarhub

भेनेजुएलामा अमेरिकी हमलाप्रति भारतको गम्भीर चासो, भन्यो : शान्तिपूर्ण संवाद थालियोस्


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत सरकारले वेनेजुएलामा देखिएको पछिल्लो घटनाक्रमप्रति गहिरो चासो व्यक्त गरेको छ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भारतले भेनेजुएलाका जनताको सुरक्षा र कल्याणप्रति आफ्नो समर्थन पुनः दोहोर्‍याएको छ।

सबै सरोकारवाला पक्षलाई संवादमार्फत् शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न र क्षेत्रीय शान्ति तथा स्थायित्व सुनिश्चित गर्न आग्रह पनि भारतले गरेको छ।

भारत सरकारले कराकासस्थित भारतीय दूतावास र त्यहाँ रहेका भारतीय समुदायका सदस्यहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। भारतले आफ्ना नागरिक र कर्मचारीका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइरहने पनि उल्लेख गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ५६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन