राजनीतिमा लागेका मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गरून् : रघुवीर महासेठ « Khabarhub

राजनीतिमा लागेका मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गरून् : रघुवीर महासेठ


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् ।

आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव महासेठले चुनावी सरकारमा गएका मन्त्रीहरू नैतिकताविपरीत राजनीतिमा सक्रिय रहेकाले राजीनामा दिनुपर्ने बताए ।

यदि राजीनामा नदिए प्रधानमन्त्रीले उनीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने महासेठले बताएका छन् ।

पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरूले राजीनामा दिएर चुनावी मैदानमा आउनुपर्ने उनले बताए ।

महासेठले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण सरकारले बनाउन नसकेको आरोपसमेत लगाए ।

सरकार आफैँ निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै महासेठले निर्वाचनको वातावरण बने एमाले नभाग्ने स्पष्ट पारे ।

उनले जे-नजी आन्दोलनका क्रममा लुटिएका हजारौँ हतियार र भागेका कैदी फिर्ता हुन नसकेको अवस्थामा भयरहित र निष्पक्ष चुनाव हुनेमा आशंका रहेको बताए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : १२ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६