सुर्खेत घटनाप्रति नेफ्स्कून कर्मचारीको आपत्ति, दोषी सञ्चालक निलम्बन नगरे सेवा बन्द गर्ने चेतावनी « Khabarhub

सुर्खेत घटनाप्रति नेफ्स्कून कर्मचारीको आपत्ति, दोषी सञ्चालक निलम्बन नगरे सेवा बन्द गर्ने चेतावनी


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) अन्तर्गत सुर्खेत सदस्य सेवा कार्यालयमा भएको घटनाप्रति संघ व्यवस्थापन र कर्मचारी पक्षले गम्भीर आपत्ति जनाएका छन्।

शुक्रबार सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारी मदन कुमार चन्द र पुष्पराज तिमिल्सेनामाथि संघका सञ्चालक समिति सदस्य वीर बहादुर रावत (भोटे) ले दुर्व्यवहार तथा कुटपिट गरेको आरोप लगाउँदै नेफ्स्कूनमा कार्यरत सम्पूर्ण कर्मचारीले छ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

कर्मचारीहरूले कार्यस्थलमै भएको सांघातिक हमलाका कारण सम्पूर्ण कर्मचारी असुरक्षित भएको उल्लेख गर्दै घटनाको विधिसम्मत छिनोफानो नहुँदासम्म सञ्चालक रावतलाई तत्काल निलम्बन गरी बर्खास्त गर्न माग गरेका छन्।

यसका साथै पीडित कर्मचारीसहित सम्पूर्ण कर्मचारीको जिउधनको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग पनि राखिएको छ।

ज्ञापनपत्रमा संघको विनियम र कार्यविधिबाहेक समिति तथा उपसमितिबाट गरिँदै आएको कार्यकारी हस्तक्षेप पूर्ण रूपमा हटाउन, सबै उपसमितिका कार्यकक्ष तत्काल हटाउन र संघको छविमा नकारात्मक असर पार्ने व्यक्ति वा संस्था कानुनी कारबाहीमा परेको अवस्थामा सम्बन्धित प्रतिनिधिलाई तुरुन्त निलम्बन गरी बर्खास्त गर्न माग गरिएको छ।

कर्मचारीहरूले सुर्खेत घटनाले मनोबलमा गम्भीर असर परेको जनाउँदै मागहरू सम्बोधन नभएसम्म संघका सबै कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा पूर्ण रूपमा बन्द गरिने चेतावनी दिएका छन्। साथै आवश्यक परे चरणबद्ध थप आन्दोलनमा जाने घोषणा पनि गरिएको छ।

सेवा अवरोधका कारण सदस्य संघसंस्थालाई पर्न सक्ने असुविधाप्रति कर्मचारी पक्षले व्यवस्थापनको तर्फबाट क्षमायाचना समेत गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : १७ बजे

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने