सरकारले आफ्ना माग सम्बोधन नगरे वार्ता तोडिने दुर्गा प्रसाईंको चेतावनी « Khabarhub

सरकारले आफ्ना माग सम्बोधन नगरे वार्ता तोडिने दुर्गा प्रसाईंको चेतावनी


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय संकल्प पृथ्वीपथ विषयक कार्यक्रममा प्रसाईंले आफ्ना मागका बारेमा सरकारलाई औपचारिक रुपमा जानकारी गराइसकिएको भन्दै सम्बोधन नभए वार्ता तोडिने चेतावनी दिएका हुन् । उनले सरकारसँगको वार्ता सफल नभए आन्दोलनमा जानका लागि आफू तयार रहेको बताए । 

प्रसाईंले समान विचार भएकाहरू एकै ठाउँमा आएर आफ्ना एजेण्डा पुरा गर्न दवाव दिनुपर्ने धारणा राखे ।

उनले मुलुक अप्ठेरो अवस्थामा रहेकाले देशबाहिर रहेका युवाहरू फर्केर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : ३० बजे

दक्षिण कोरियाली फिल्मस्टार आन सुङ-की को ७४ वर्षको उमेरमा निधन

काठमाडौँ – दक्षिण कोरियाली फिल्मका प्रख्यात अभिनेता आन सुङ-की को

पद बाँडफाँटको दबाबमा रवि, बालेनलाई मिलाउँदा कुलमानले खोजे लिखित सहमति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार ३३ जना नेतालाई केन्द्रीय सदस्य

२८ अंकले बढ्यो नेप्से, सबै समूहको उपसूचक सकारात्मक

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अंकले बढेको छ

दक्षिण अफ्रिकी सङ्गठनहरूद्वारा भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको निन्दा

एजेन्सी– दक्षिण अफ्रिकाका विभिन्न राजनीतिक, नागरिक समाज र श्रम सङ्घ

पूर्वी इन्डोनेसियामा बाढीका कारण छ जनाको मृत्यु

एजेन्सी – पूर्वी इन्डोनेसियाको उत्तर सुलावेसी प्रान्तको आवासीय क्षेत्रमा सोमबार