साताको पहिलो दिन १० अंकले घट्यो नेप्से « Khabarhub

साताको पहिलो दिन १० अंकले घट्यो नेप्से


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२९ अंकले घटेको छ । ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६१०.६३ बिन्दुमा पुगेको हो ।

आज नेप्से घटेसँगै कारोबार भएका १७१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा विन लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने न्यादी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । आज नेप्सेमा सबैभन्दा धेरै एसवाई प्यानलको टर्नओभर भएको थियो ।

आज नेप्सेमा आएको गिरावटसँगै होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह बाहेक सबै समूहको उपसूचक नकारात्मक रहन पुगेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : ५७ बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार