उम्मेदवार छनौट र पार्टी एकता अघि बढाउन रास्वपाले बनायो दुई उपसमिति « Khabarhub

उम्मेदवार छनौट र पार्टी एकता अघि बढाउन रास्वपाले बनायो दुई उपसमिति


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुईवटा उपसमिति गठन गर्ने निर्णय गरेको छ।

आइतबार केन्द्रीय कार्यालय बनस्थलीस्थित घण्टीघरमा बसिरहेको केन्द्रीय समितिको बैठकबाट यस्तो निर्णय भएको हो ।

प्रवक्ता मनिष झाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गरिएको छ।

यस उपसमितिलाई योग्य उम्मेदवार एवम् छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने निर्णय भएको झाले बताएका छन् ।

यस उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ।

अर्कातिर पार्टी एकता र समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्‍याउन महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ‘पार्टी एकता समायोजन उपसमिति’ गठन गर्ने अर्को निर्णय पनि भएको छ।

प्रवक्ता झाका अनुसार यस उपसमितिका सदस्यहरू पनि पार्टी सचिवालयले मनोनयन गर्ने भएको छ। सभापति रवि लामिछाने जेलबाट छुटेयता पहिलो पटक रास्वपा केन्द्रीय समिति बैठक बसेको हो ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : २६ बजे

पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान

वीरगञ्ज– पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक

दल जिम्मेवार नहुँदा समानुपातिकमा तरमारा हाबी भए : टीकाराम भट्टराई

सामाजिक न्याय र समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधानमै समेटिएको

कृषि तथा खाद्य : आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौं– कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको जीवन

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बलेवा– बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा

‘बोक्सीको घर’को सफलतापछि फिल्म ‘पेट्रोल पम्प’ बनाउँदै केकी

काठमाडौं – नायिका तथा निर्मात्री केकी अधिकारीले फिल्म ‘पेट्रोल पम्प’