भेनेजुएलामा अमेरिकी आक्रमणको नेकपा (संयुक्त) द्वारा कडा निन्दा « Khabarhub

भेनेजुएलामा अमेरिकी आक्रमणको नेकपा (संयुक्त) द्वारा कडा निन्दा


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र त्यहाँका निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी न्यूयोर्क लगिएको घटनाप्रति कडा निन्दा गरेको छ।

नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जारी गरेको प्रेस वक्तव्यमा उक्त अमेरिकी आक्रमणको कडा निन्दा गरिएको हो ।

वक्तव्यमा अमेरिकाको कदमलाई आधुनिक मानव सभ्यतालाई लज्जित तुल्याउने कार्य भएको उल्लेख गरिएको छ।

वक्तव्यमा यसलाई भेनेजुएलाको सार्वभौमसत्ता र स्वतन्त्रतामाथिको ठाडो हमला मात्र नभई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको वडापत्रको समेत उल्लङ्घन भनिएको छ।

नेकपा (संयुक्त) ले अमेरिकी साम्राज्यवाद विश्वशान्तिका लागि सधैं खतरा रहँदै आएको उल्लेख गर्दै एकपछि अर्को देशमाथि आक्रमण गर्ने, कठपुतली सरकार खडा गर्ने र त्यहाँका साधन स्रोत लुट्ने प्रवृत्ति साम्राज्यवादको चरित्र भएको जनाएको छ।

भेनेजुएलामाथिको आक्रमण त्यहाँको प्रचुर खनिज तेल लुट्ने र उक्त क्षेत्रका अन्य देशमाथि हस्तक्षेपको तयारीका रूपमा देखिएको पनि उसले जनाएको छ।

वक्तव्यमा अमेरिकालाई तत्काल आक्रमण रोक्न माग गरिएको छ। साथै उक्त आक्रमणको विरोधमा एकताबद्ध हुन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै साम्राज्यवादविरुद्ध वेनेजुएलाका जनताको प्रतिरोधप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : ३१ बजे

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि