विजय देवरकोन्डाको ‘किङ्गडम २’ निर्माण नहुने  « Khabarhub

विजय देवरकोन्डाको ‘किङ्गडम २’ निर्माण नहुने 


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार विजय देवरकोन्डाको बहुप्रतिक्षित फिल्म ‘किङ्गडम २’ को निर्माण नहुने भएको छ। सन् २०२५ मा रिलिज भएको एक्सन–थ्रिलर फिल्म ‘किङ्गडम’ बक्स अफिसमा फ्लप भएपछि  निर्माता नागा वामसीले सिक्वेल बनाउने योजना स्थगित गरेका हुन्।

मूल फिल्म ‘किङ्गडम’ भने गौतम तिन्नानुरीको निर्देशनमा बनेको थियो । भारतीय मिडिया अनुसार फिल्मका निर्माता वामसीले फिल्म असफल भएपछि निर्देशकलाई चोट नपुग्ने गरी अब नयाँ प्रोजेक्टमा ध्यान दिन उपयुक्त हुने बताएका छन्। तर, गौतम तिन्नानुरीसँग अर्को विधाको नयाँ फिल्ममा सहकार्य गर्ने योजना भने अघि बढाइएको छ।

फिल्म रद्दको खबरले फ्यानहरूमा निराशा छाएको छ। तर विजय अहिले व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन्। उनी लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी अभिनेत्री रश्मिका मन्दानासँग फेब्रुअरी २६ मा विवाह बन्धनमा बाँधिने तयारीमा छन्। 

राजस्थानको उदयपुरमा हुने यो निजी समारोहमा परिवार र नजिकका साथीहरू मात्र उपस्थित हुने जनाएका छन्।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : ३८ बजे

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि