विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश « Khabarhub

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली टिम घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा भएको टिममा पावर हिटर मानिएका कुशल मल्ला अटाउन सकेनन् ।

त्यसैगरी एनपीएलका दुवै सिजन राम्रो प्रदर्शन गरेका विनोद भण्डारी र आहब आलमलेसमेत ठाउँ पाएनन् । त्यसो त यसअघि टिममा पुनरागमन गरेका मोहम्मद आदिल आलमसमेत आउट भए ।
तर सामाजिक सञ्जालमा भने विनोद भण्डारी र कुशल मल्ल टिममा नपर्नु गलत भएको भन्दै क्यानको आलोचना भएको छ ।

एनपिएलमा राम्रो प्रदर्शन गरेका अविनाश बोहरालेसमेत स्थान पाएनन् । क्यानले क्लोज क्याम्पमा सबै खेलाडीलाई बोलाए पनि टिम घोषणा गर्दा यी खेलाडी नपरेका हुन् ।

यसअघि टिममा परेर पनि विश्वकपको टिम घोषणमा प्रतिश जिसी, भिम सार्की, रुपेश सिङ र इशान पाण्डेसमेत परेनन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ८ : ४४ बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को