कुलमान र गोविन्दलाई तत्काल बर्खास्त गर्न जेन-जी मुभमेन्टको माग « Khabarhub

कुलमान र गोविन्दलाई तत्काल बर्खास्त गर्न जेन-जी मुभमेन्टको माग


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी मुभमेन्ट, नेपालले सुशीला कार्कीको नेतृत्वमा गठित ‘नागरिक सरकार’का ऊर्जामन्त्री कुलमान घिसिङ र प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणलाई बर्खास्त गर्न माग गरेको छ।

मुभमेन्टले उनीहरू खुलेआम राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोप लगाउँदै यसले सरकारको तथाकथित दलनिरपेक्ष चरित्रमाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।

जेन-जी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई नागरिक र दलनिरपेक्ष सरकारको रूपमा प्रस्तुत गर्ने सरकारले आफ्नै पदाधिकारीलाई खुला रूपमा पार्टी गतिविधिमा संलग्न हुन दिएको तथ्यले यो सरकार वास्तवमा कसको हो भन्ने प्रश्न नेपाली जनतामाझ गहिरिँदै गएको छ।’

वक्तव्यमा भाद्र २३ गते नवोदित पुस्ताले पवित्र उद्देश्यका साथ सुरु गरेको विद्रोहलाई भाद्र २४ गते सुशीला कार्कीको समूहले अपहरण गरी देशलाई अराजकतातर्फ धकेलेको आरोप लगाइएको छ।

शीतल निवास, सर्वोच्च अदालत, सिंहदरबारलगायत स्थानमा आगजनी, तोडफोड र हिंसा भएको उल्लेख गर्दै त्यसबाट मुलुक राज्यविहीनताको खतरनाक अवस्थामा पुगेको दाबी गरिएको छ।

ऊर्जामन्त्री कुलमान घिसिङमाथि भारतसँग गरिएको विद्युत् सम्झौतामार्फत नेपाललाई करिब ४३ करोड रुपैयाँको घाटा पुर्‍याएको, नियमनकारी निकायको स्वीकृतिबिना कमिशनको खेलमा संलग्न भई राज्यलाई नोक्सान पुर्‍याएको गम्भीर भ्रष्टाचार आरोप पनि लगाइएको छ।

जेन-जी मुभमेन्टले कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भइसकेको उल्लेख गर्दै कुनै पनि राजनीतिक संरक्षण नदिई कडा कानुनी कारबाही गर्न र दोषी ठहर भए कालकोठरीमा राख्न माग गरेको छ।

प्रवक्ता शाहले चेतावनी दिँदै भनेका छन्, ‘नागरिक सरकारको नाममा सत्ता कब्जा गर्ने, पदको दुरुपयोग गर्ने र भ्रष्टाचारलाई संरक्षण दिने कार्य अब सह्य हुने छैन। कुलमान र गोविन्दलाई तुरुन्त बर्खास्त नगरिए अझ सशक्त, संगठित र निर्णायक जनप्रतिरोध अघि बढाइनेछ।’

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : ४१ बजे

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका

बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट