काठमाडौं – केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)को पुस २ बाट कार्यान्वयनमा ल्याएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’को सातौं बुँदा असन्तुष्ट सरोकारवाला एकीकृत भइ सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
सातौं बुँदामा राखिएको व्यवस्था ‘सेन्सर गरेर मात्रै महोत्सवमा फिल्म प्रदर्शन गर्न पाइने’मा असन्तुष्ट बनेका ७ फिल्म महोत्सवका आयोजकहरुले सेन्सर बोर्डका अध्यक्ष उदयबहादुर रानाको ध्यानकर्षण गराएका हुन् ।
सिंहदरबारमा आइतबार पुगेर चलचित्र महोत्सवहरु निफ, किम्फ, ग्रामिण चलचित्र, हुमन, वुमन, काठमाडौं हरर, पामे फिल्म फेस्टिभलका प्रतिनिधिहरुले अध्यक्ष रानालाई ध्यानकर्षण गराएका हुन् ।

निफका प्रतिनिधि केपी पाठकका अनुसार बोर्डका अध्यक्ष राना उक्त बुँदा संशोधन गर्न सकारात्मक देखिएका छन् ।
यो कार्यविधि लागु भएपछि नै असन्तुष्ट उनीहरुले लामो प्रयासपछि बोर्डका अध्यक्षलाई भेटेर लिखित ध्यानाकर्षण गराएका हुन् । कार्यव्यस्ता देखाउँदै रानाले उनीहरुको सामना गरेका थिएनन् ।













प्रतिक्रिया