सेन्सर कार्यविधिको सातौं बुँदा संशोधनको माग राख्दै ७ फेस्टिभलका आयोजक सेन्सर बोर्डमा « Khabarhub

सेन्सर कार्यविधिको सातौं बुँदा संशोधनको माग राख्दै ७ फेस्टिभलका आयोजक सेन्सर बोर्डमा


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)को पुस २ बाट कार्यान्वयनमा ल्याएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’को सातौं बुँदा असन्तुष्ट सरोकारवाला एकीकृत भइ सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

सातौं बुँदामा राखिएको व्यवस्था ‘सेन्सर गरेर मात्रै महोत्सवमा फिल्म प्रदर्शन गर्न पाइने’मा असन्तुष्ट बनेका ७ फिल्म महोत्सवका आयोजकहरुले सेन्सर बोर्डका अध्यक्ष उदयबहादुर रानाको ध्यानकर्षण गराएका हुन् ।

सिंहदरबारमा आइतबार पुगेर चलचित्र महोत्सवहरु निफ, किम्फ, ग्रामिण चलचित्र, हुमन, वुमन, काठमाडौं हरर, पामे फिल्म फेस्टिभलका प्रतिनिधिहरुले अध्यक्ष रानालाई ध्यानकर्षण गराएका हुन् ।

निफका प्रतिनिधि केपी पाठकका अनुसार बोर्डका अध्यक्ष राना उक्त बुँदा संशोधन गर्न सकारात्मक देखिएका छन् ।

यो कार्यविधि लागु भएपछि नै असन्तुष्ट उनीहरुले लामो प्रयासपछि बोर्डका अध्यक्षलाई भेटेर लिखित ध्यानाकर्षण गराएका हुन् । कार्यव्यस्ता देखाउँदै रानाले उनीहरुको सामना गरेका थिएनन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : ५१ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

‘अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म