माया ग्रुपद्वारा ९ नेपाली क्रिकेट खेलाडीसँग दुई वर्षे प्रायोजन सम्झौता « Khabarhub

माया ग्रुपद्वारा ९ नेपाली क्रिकेट खेलाडीसँग दुई वर्षे प्रायोजन सम्झौता


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माया ग्रुपले नेपाली क्रिकेटलाई थप मजबुत बनाउने उद्देश्यसहित नौ जना नेपाली क्रिकेट खेलाडीसँग प्रायोजन सम्झौता गरेको छ।

आइतबार आयोजित कार्यक्रममा माया ग्रुपले राष्ट्रिय टोलीका स्थापित तथा उदीयमान खेलाडीलाई आर्थिक र व्यावसायिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको हो। सम्झौता दुई वर्षका लागि गरिएको बताइएको छ।

प्रायोजन सम्झौतामा नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, यू–१६ क्रिकेट खेलेका प्रसिद्ध जैसी, सुशील रावल तथा नेपाली यू–१९ महिला टोलीकी उपकप्तान सोनी पाख्रिन समावेश छन्।

माया ग्रुपले यस सहकार्यले खेलाडीहरूको क्षमता विकासमा सहयोग पुग्ने र नेपाली क्रिकेटको भविष्य थप उज्यालो हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ०० बजे

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै

नायक प्रवीणलाई एकल फिचर्ड गरी ‘शिवांंश’को टिजर सार्वजनिक

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को

रूकुम पूर्व र दैलेखबाट भरूवा बन्दुक बरामद

काठमाडौं– रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ साग्रेखोलाबाट भरूवा बन्दुक १ थान र

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन

एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिचमा आयोजित यहुदी धार्मिक