दीर्घकालीन लक्ष्यप्राप्तिलाई केन्द्रमा राखी योजना अघि बढाउनुपर्छ : मुख्यमन्त्री शाह « Khabarhub

दीर्घकालीन लक्ष्यप्राप्तिलाई केन्द्रमा राखी योजना अघि बढाउनुपर्छ : मुख्यमन्त्री शाह


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दीर्घकालीन लक्ष्यप्राप्तिलाई केन्द्रमा राखी योजना अघि बढाउनुपर्ने बताए ।

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनाअन्तर्गत आर्थिक वर्ष ९२०८३-८४–२०८७-८८० को मस्यौदा अवधारणापत्र माथिको छलफलमा उनले लक्ष्यबिना योजना सफल नहुने धारणा राखे।

मुख्यमन्त्री शाहले प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, दिगो नीति तथा परिणाममुखी कार्यक्रम अपरिहार्य रहेको उल्लेख गरे।

स्रोतसाधन र क्षमताको उचित व्यवस्थापन गर्दै प्राथमिकताका आधारमा विकास प्रक्रियालाई गतिशील बनाउनुपर्नेमा उनले जोड दिए । उपलब्ध सीमित स्रोतलाई प्रभावकारी रूपमा प्रयोग गर्दै नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने योजनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री शाहले विकास योजनाको सफल कार्यान्वयनका लागि सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए। दीर्घकालीन विकासका लागि आधार तयार गर्न र भविष्यका योजनाका लागि मार्गनिर्देशन प्रदान गर्नका लागि प्रदेश नीति तथा योजना आयोगले धनगढीमा कार्यक्रमको आयोजना गरेको हो ।  

मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको कार्यक्रममा दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले प्रकाश पारे । 

दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माणका टोली प्रमुख डा हेमराज लामिछानेले प्रदेशको दीर्घकालीन समृद्धि, समावेशी विकास, सुशासन र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नीतिगत तथा कार्यक्रमगत मार्गचित्रसहितको अवधारणापत्र प्रस्तुत गरेका थिए । 

छलफलमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश सचिव विमलप्रसाद बराललगायत सहभागी थिए।  
 

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ६ : ०५ बजे

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरुद्ध रिट दायर

काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन

मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ