काठमाडौं क्षेत्र नम्बर ८ बाट विराजभक्तको एकल सिफारिस « Khabarhub

काठमाडौं क्षेत्र नम्बर ८ बाट विराजभक्तको एकल सिफारिस


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर ८ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विराजभक्त श्रेष्ठको एकल सिफारिस गरेको छ। पार्टीको आज बसेको काठमाडौं क्षेत्र नम्बर ८ समितिको बैठकले यस्तो निर्णय गरेको नेता महेन्द्र शर्माले जानकारी दिए। शर्माका अनुसार श्रेष्ठलाई सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको हो।

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीमा यसअगाडि संसदीय दलको उपनेता थिए। पार्टी सभापति रवि लामिछाने कारागार चलान भएपछि उनैले संसदीय दलको जिम्मेवारी सम्हालिरहेका थिए।

२०७४ सालको निर्वाचनमा समानुपातिक रुपमा विवेकशील साझाबाट बागमती प्रदेशको सदस्य समेत भएका श्रेष्ठ २०७९ को निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका थिए।

२०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उनले अभियन्ता सुमन सायमीसँग चुनावी प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा श्रेष्ठले १०,१०५ मत ल्याएर विजय हासिल गरेका थिए भने सायमीले लौरो चुनाव चिन्हबाट ५ हजार ८७९ मत ल्याएका थिए।

काठमाडौँ क्षेत्र नम्बर ८ मा राम्रो पकड बनाएका श्रेष्ठले यसपटक पनि बाजी मार्ने रास्वपाले आकलन गरेको छ। २०७९ को निर्वाचनमा श्रेष्ठसँग भिडेका सायमीलाई काठमाडौँ क्षेत्र नम्बर ८ र ९ बाट राष्ट्रिय मुक्ति पार्टी नेपालले यस अगाडि नै सिफारिस भएका छ्न । यहाँबाट श्रेष्ठ सिफारिस भएपछि सायमी ९ बाट चुनाव लड्न सक्ने आकलन धेरैको छ ।

यता पहिलो दल नेपाली कांग्रेसले यसअगाडि सपनाराज भण्डारी जोशीलाई सिफारिस गरिसकेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ८ : १७ बजे

देउवाक आठबुँदे प्रस्ताव स्वीकार गरेको गगनको दाबी

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को