टी–२० महिला विश्वकप छनोटः इन्दुको कप्तानीमा नेपाली टोली घोषणा « Khabarhub

टी–२० महिला विश्वकप छनोटः इन्दुको कप्तानीमा नेपाली टोली घोषणा


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकप २०२६ को छनोट खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको जनाएको छ । टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ ।

घोषित खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् ।

विश्वकप २०२६ छनोट यही जनवरी १४ देखि फेब्रुअरी १ तारिखसम्म नेपालमै आयोजना हुँदैछ । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ९ : ०१ बजे

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका