शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहका चार जना पक्राउ « Khabarhub

शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहका चार जना पक्राउ


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) समेतको संलग्नतामा अनुसन्धान तथा खोज अभियानका क्रममा यसरी व्यक्ति हत्या र लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा ओखलढुङ्गाका २८ वर्षीय मिलन भन्ने सङ्गम राई, सोही जिल्लाका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् ।

उनका अनुसार ती गिरोहले यही पुस १५ गते ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका–६, भदौरे गैरीगाउँस्थित शोभितमान किराना पसल सञ्चालन गरी बस्ने ६० वर्षीय शोभितमान थापा मगर र निजकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको हत्या गरी लुटपाट गरेका थिए । उनीहरुले पसल तथा कोठामा रहेको अन्दाजी रु एक लाख नगद तथा दुई तोला सुनको गरगहना र छ तोला काँचो सुनसमेत लुटपाट गरी लगेका थिए ।

उक्त घटनापछि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धानपश्चात् उक्त घटनामा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा उनीहरुले गत असोज २६ गते राति ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला ५२ वर्षीया रत्नकुमारी कटवाल ९कार्की० को बीभत्स हत्या गरी नगद तथा सुनका गरगहनासमेत लुटपाट गरेको पाइएको छ ।

उनीहरुका साथबाट हत्यामा प्रयोग भएको बन्चरो, लुटिएको सुन, गरगहना, खुकुरी, पसलबाट लुटिएको रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र चारवटा मोबाइल बरामद गरिएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको ब्यूरोले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : ०९ बजे

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा