परराष्ट्र मन्त्रालय भन्छ : ताइवान चीनको अविभाज्य अंग « Khabarhub

परराष्ट्र मन्त्रालय भन्छ : ताइवान चीनको अविभाज्य अंग


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्रालयले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

दुवै मुलुकले गत वर्ष सन् २०२५ मा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा दुई देशबीचको नजिकको पारस्परिक सम्बन्ध, शान्तिपूर्ण सह(अस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता र आपसी संवेदनाप्रतिको सम्मानमा आधारित रहेको उल्लेख छ ।

नेपालले एक चीन सिद्धान्तको पूर्ण समर्थन गर्दै ताइवान चीनको अविभाज्य अंग भएको तथ्यलाई दोहोर्याएको छ । उता काठमाडौंस्थित चिनियाँ दूतावासले पनि पुस १२ गते राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेर कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको थियो ।

यसैबीच नेपाल चाइना मिडिया फोरमले साढे ३ सय पृष्ठमा समेटिएको दुई देशको सम्बन्धका विविध आयाम झल्कने पुस्तक प्रकाशन गरेको छ । दूतावासको सौजन्यमा नेपाली पर्यटन व्यवसायी र सन्चारकर्मीका लागि चिनियाँ भाषा तालिम पनि चलाइएको छ ।

दुई साताअघि मात्रै पनि चौथो नेपाल चाइना सञ्चार सम्मेलन सम्पन्न भएको छ । यसबीच हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘विश्व अमूर्त सांस्कृतिक धरोहर’ प्रदर्शन र सिजाङ सांस्कृतिक सप्ताह मनाइएको छ ।

पछिलो एक वर्षभित्र त्यस अवसरमा विभिन्न सांस्कृतिक प्रदर्शनी,खेलकुद, कूटनीतिक स्वागत कार्यक्रम र अन्य सहभागितामूलक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : २७ बजे

म्यानेजर रुबेन अमोरिमलाई म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो

म्यानचेस्टर- चर्चित इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना म्यानेजर रुबेन अमोरिमलाई

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व संकलन लक्ष्यभन्दा बढी

देवदह– आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा

चुनाव नजिकिएसँगै सुरू भयो दिल्ली दौड, प्रचण्डपछि आरजु पनि उडिन्

काठमाडौं- नेपालमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने अवस्था बन्दै

रानी मुखर्जी र अक्षय कुमार ‘ओ माई गड ३’ मा एकसाथ

काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जी ‘ओ माई गड

दुई घण्टा ढिलो गरेर सुरू भयो रास्वपाको एकता सभा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को बृहत् राजनीतिक समायोजन घोषणा सभा