सात सय विपन्न परिवारलाई सिरक वितरण « Khabarhub

सात सय विपन्न परिवारलाई सिरक वितरण


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा – यहाँको लहान नगरपालिकाले चिसो र शीतलहरबाट प्रभावित करिब सात सय विपन्न दलित परिवारलाई न्यानो फाइबर सिरक वितरण गरेको छ । नगरप्रमुख महेश चौधरीका अनुसार नगरपालिकाले हालसम्म विभिन्न वडाका करिब सात सय परिवारलाई सिरक वितरण गरिएको छ ।

नगरप्रमुख चौधरीको नेतृत्वमा आज वडा नं १२, १७, १८ र २३ का अतिविपन्न तथा दलित बस्तीमा पुगेर सिरक हस्तान्तरण गरिएको छ । लहान नगरपालिका—१८ का ८० परिवार र वडा नं २३ का डोम समुदायका २३ परिवारलाई सिरक प्रदान गरियो ।

यस्तै, वडा नं १७ स्थित बलानसेर सदाय बस्तीका ५२ परिवारले पनि न्यानो सिरक प्राप्त गरेका छन् । त्यसैगरी, लहान नगरपालिका–१२ मा नगरप्रमुख चौधरी र वडाअध्यक्ष बद्रीनारायण चौधरीले ३० जनालाई सिरक प्रदान गरे ।

त्यस अवसरमा वडाअध्यक्ष चौधरीले आफ्नो वडाका थप ७० जना लक्षित व्यक्तिहरूलाई छिट्टै सिरक वितरण गरिने जानकारी दिए ।

नगरप्रमुख चौधरीले विपन्न समुदायका नागरिकको सुरक्षा र सेवाका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यो अभियान अन्य वडा र बस्तीहरूमा पनि निरन्तर जारी रहने जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : ४९ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

‘अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म