सात सय विपन्न परिवारलाई सिरक वितरण « Khabarhub

सात सय विपन्न परिवारलाई सिरक वितरण


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा – यहाँको लहान नगरपालिकाले चिसो र शीतलहरबाट प्रभावित करिब सात सय विपन्न दलित परिवारलाई न्यानो फाइबर सिरक वितरण गरेको छ । नगरप्रमुख महेश चौधरीका अनुसार नगरपालिकाले हालसम्म विभिन्न वडाका करिब सात सय परिवारलाई सिरक वितरण गरिएको छ ।

नगरप्रमुख चौधरीको नेतृत्वमा आज वडा नं १२, १७, १८ र २३ का अतिविपन्न तथा दलित बस्तीमा पुगेर सिरक हस्तान्तरण गरिएको छ । लहान नगरपालिका—१८ का ८० परिवार र वडा नं २३ का डोम समुदायका २३ परिवारलाई सिरक प्रदान गरियो ।

यस्तै, वडा नं १७ स्थित बलानसेर सदाय बस्तीका ५२ परिवारले पनि न्यानो सिरक प्राप्त गरेका छन् । त्यसैगरी, लहान नगरपालिका–१२ मा नगरप्रमुख चौधरी र वडाअध्यक्ष बद्रीनारायण चौधरीले ३० जनालाई सिरक प्रदान गरे ।

त्यस अवसरमा वडाअध्यक्ष चौधरीले आफ्नो वडाका थप ७० जना लक्षित व्यक्तिहरूलाई छिट्टै सिरक वितरण गरिने जानकारी दिए ।

नगरप्रमुख चौधरीले विपन्न समुदायका नागरिकको सुरक्षा र सेवाका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यो अभियान अन्य वडा र बस्तीहरूमा पनि निरन्तर जारी रहने जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : ४९ बजे

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत