कांग्रेसमा देउवासहितका संस्थापन नेता के चाहन्छन् ? « Khabarhub

कांग्रेसमा देउवासहितका संस्थापन नेता के चाहन्छन् ?


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस अहिले चरम आन्तरिक द्वन्द्वमा छ । खास गरी विशेष महाधिवेशन तत्काल गरिहाल्ने भन्ने र फागुन २१ को निर्वाचनपछि मात्रै नियमित महाधिवेशन गर्ने भन्ने विवादमा कांग्रेस फसेको हो ।

विशेष महाधिवेशनको वकालत महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले गरेका छन् भने सभापति शेरबहादुर देउवलासहितका नेता भने त्यसको ठीक विपक्षमा छन् ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाविधेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएयता यसको विवाद चर्किँदो छ ।

यसबारे संस्थापन समूह (देउवानिकट नेताहरू)को छलफल आइतबार भएको थियो । आइतबारको छलफलले विशेष महाधिवेशनको औचित्य नियमित महाधिवेशन घोषणा गरेकै दिन सकिएको निष्कर्ष निकालेको छ । संस्थापन पक्षले यसअघि शुक्रबारको कार्यसम्पादन समितिको बैठकको निर्णयको स्वामित्व लिँदै महामन्त्रीहरूको विशेष महाधिवेशनको अडानलाई निस्तेज पार्ने समझदारी गरेको बैठकमा सहभागी विमलेन्द्र निधिले जानकारी दिए ।

संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशन र नियमित महाधिवेशनमा विभाजित हुँदा पार्टीलाई चुनावमा थप क्षति हुने भन्दै महामन्त्रीहरूलाई पार्टीको निर्णय मान्न आग्रह गर्ने र जिल्ला सभापतिमार्फत् महाधिवेशन प्रतिनिधिहरूलाई भेलामा नआउन आग्रह गर्ने पनि समझदारी बनेको उनले बताए ।
विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने विभाजनले निर्वाचनलाई थप क्षति हुने हुँदा यसलाई निस्तेज पार्ने निर्णय भएको छ,’ उनले भने, ‘अब विशेष महाधिवेशनको अडानमा रहेका महामन्त्रीहरूलाई पार्टीको निर्णय मान्दै चुनावी तयारीमा लाग्न आग्रह गर्ने र हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई पनि पार्टीभित्र कुनै विभेद नहुनेमा आस्वस्त बनाएर चुनावी तयारीमा लाग्न आग्रह गर्ने समझदारी भएको छ ।’

ती पदाधिकारीका अनुसार हरेक नेताले आफ्नो सम्पर्कका सभापतिमार्फत विशेष महाधिवेशनका लागि नहिँड्न लागि आग्रह गर्ने पनि संस्थापनको तयारी भएको छ ।

उनका अनुसार सभापति देउवाले महामन्त्रीहरूलाई यही आग्रह गर्ने र सोमबारको कार्यसम्पादन समिति बैठकले पनि सोही आग्रहसहितको निर्णय गर्ने तयारी छ । नेता निधिले बैठकका बारेमा जानकारी गराउँदै कार्यवाहक सभापतिले सभापतिलाई पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको बताए ।

‘विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ । देशभरिका साथीहरुलाई काठमाडौं आउन जरुरी छैन निर्वाचनमा होमिनुस् भन्ने आग्रह गरेका छौँ,’ उनले भने ।

यता महामन्त्रीद्वय भने सोमबारको कार्यसम्पादन बैठक कुर्ने र त्यसपछि एक्सनमा जाने तयारीमा छन् । उनीहरुले महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवारिसे हुन नदिने बताएका छन् । त्यसैले उनीहरूले सोमबारसम्म कुर्ने र त्यसबेलासम्म नेतृत्व विशेषका लागि तयार नभए आफैँ अघि बढाउने तयारी गरेका छन् । विशेष महाविधेशनका लागि पक्षधर टोलीले पुस अन्तिम हप्ताका लागि भृकुटीमण्डप भाडाका लागि बुक गरिसकेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : ५९ बजे

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट