यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी « Khabarhub

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध ७ विकेटको शानदार जित निकालेको छ। आईसीसी टी-२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो वार्म-अप खेलमा उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १०८ रनको साझेदारी गर्दै उत्कृष्ट जित निकालेका हुन्।

६ ओभर ५ बलको समाप्तिमा मात्र ४५ रन बनाउँदा नेपालले तीन विकेट गुमाइसकेको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख दोहोरो रनमा अंक नबनाउँदै आउट भएपछि नेपालको इनिङ सुरुमै धरापमा परेको थियो। कुशल र आशिफले मात्र आठआठ रन बनाएका थिए।

कुशल आउट भएपछि मैदान पुगेका कप्तान रोहितकुमार पौडेल मात्र १९ बलको सामना गर्दा मात्र १६ रन बनाएर रनआउट भएपछि आरिफ शेख ब्याटिङमा आएका हुन्। त्यत्तिबेला उपकप्तान ऐरी ७ बलमा १० रन बनाएर खेलिरहेका थिए।

सात ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा मात्र ४५ रन बनाएको नेपालको इनिङ ऐरी र शेखले १०८ रनको साझेदारी गर्दै उकासेका हुन। नेपाली क्रिकेटमा मध्यक्रमले गरेको यो महत्त्वपूर्ण साझेदारी हो।

आरिफले ३७ बलमा दुई छक्का र आठ चौकाको मद्दतमा अविजित ६१ रनको शानदार इनिङ खेले भने दीपेन्द्रले ३१ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५० रन बनाउँदा नटआउट रहे।

टस जितेर नेपालले सुरुमा बलिङ गरेपछि यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र १८ बल बाँकी हुँदा १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी नायक बने। संकटपूर्ण अवस्थामा रहेको नेपाललाई उनीहरूले शतकीय साझेदारी गर्दै जित दिलाएका हुन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए। नेपालका बलरहरू पनि प्रभावशाली देखिए। करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।

अब नेपालले दोस्रो वार्म-अप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपको पहिलो औपचारिक खेल भने नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ६ : ५४ बजे

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, चुनावमा हिमपातको डर

मुस्ताङ– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा

भोजपुरमा दुई हजार दुई सय अस्थायी मतदाता

भोजपुर– जिल्ला निर्वाचन कार्यालय भोजपुरले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल