मधेश प्रदेशसभाले आज आठौँ वार्षिकोत्सव मनाउँदै « Khabarhub

मधेश प्रदेशसभाले आज आठौँ वार्षिकोत्सव मनाउँदै


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशसभाको आठौँ वार्षिकोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा प्रदेशसभा सचिवालयले रक्तदान, सरसफाईलगायतका विभिन्न कार्यक्रम गर्दैछ ।

२०७४ साल माघ २१ गते पहिलो पटक प्रदेश सभाको बैठक बसेको दिनको सम्झनामा प्रत्येक वर्ष माघ २१ गते वार्षिकोत्सवका रूपमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै आएको छ ।

आठ वर्षको अवधिमा मधेस प्रदेशसभामा तीन सय ६५ बैठक बसेको छ । प्रदेशसभा सचिवालयका अनुसार पहिलो कार्यकालका पाँच वर्षमा नवौँ अधिवेशनमार्फत दुई सय २६ बैठक बसेका थियो भने दोस्रो कार्यकालमा हालसम्म एक सय ३९ बैठक बसिसकेको छ ।

पहिलो कार्यकालमा ५५ विधेयक पारित भई ऐन बनेका थिए भने दोस्रो कार्यकालमा संशोधनसहित २२ विधेयक दर्ता हुँदा १५ वटा पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आठ वर्षमा कुल ७० विधेयक पारित भएका छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १० : ३९ बजे

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज