चितवनका छ हजार बढी बालिकाहरूलाई एचपीभी खोप « Khabarhub

चितवनका छ हजार बढी बालिकाहरूलाई एचपीभी खोप


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका छ हजार ७६८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपीभी खोप लगाइने भएको छ । यहाँका ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती बालिकाहरूलाई खोप दिन लागिएको हो । 

जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार खोपका लागि आवश्यक भ्याक्सिन आइसकेको छ । 

उनले भने, ‘खोप लगाउनका लागि आवश्यक सात हजार भ्याक्सिन आइसकेको छ’, १० देखि १४ वर्षका किशोरीहरूलाई यो खोप दिन लागिएको हो ।  

कक्षा ७ देखि १० कक्षासम्मका किशोरी र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई ती खोप केन्द्रबाट खोप दिइने उनले बताए। माघ २५ गतेदेखि फागुन १ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । 

पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपीभी खोपका लागि चितवनमा बाहिरी खोप केन्द्र सञ्चालन गर्न आवश्यक नरहेको उनले बताए। 

खोप लगाउने अभियानको तयारीका सम्बन्धमा आज आयोजित जिल्लास्तरीय खोप समन्वय समितिको बैठकले चितवनमा बाह्य खोप केन्द्र आवश्यक नभएको निष्कर्ष निकालिएको हो । घिमिरेका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहको वडास्तरमै खोप केन्द्र भएकाले बाह्य केन्द्र आवश्यक नभएको हो । 

उनले भने, ‘हामीसँग आफ्नै खोप केन्द्र छन् । हरेक विद्यालयमा  गएर खोप दिने योजना छ । जिल्लामा बाह्य खोप केन्द्र आवश्यक छैन ।’ अभियानमा ३२५ खोप कार्यकर्ता र ३२५ स्वयंसेवक परिचालन गरिने छ ।  

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र बकुलर अस्पतालका प्रमुख डा. अंकित पौडेलले नेपालमा पाठेघरको क्यान्सरका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढ्दै गएको अवस्थामा यो खोप अनिवार्य रहेको बताए। यस अभियानलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको उनीहरूले बताए। 
 

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  २ : २० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग