एमालेले भन्यो : कलाकारलाई प्रयोग गरेर सामाजिक सञ्जाल दुरुपयोग बढ्यो, सुरक्षा पनि सुध्रिएन « Khabarhub

एमालेले भन्यो : कलाकारलाई प्रयोग गरेर सामाजिक सञ्जाल दुरुपयोग बढ्यो, सुरक्षा पनि सुध्रिएन


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ गते हुन लागेको निर्वाचन प्रचार–प्रसारमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता जनाएको छ ।

कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व, नीति र निर्वाचन चिह्नबारे भ्रम फैलाउने प्रयास भइरहेको पनि एमालेले जनाएको छ।

यस्ता गतिविधि गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउन पनि एमालेले माग गरेको छ। पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लक्षित गालीगलौज, अमर्यादित र असभ्य अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै एमालेले त्यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ।

शान्ति–सुरक्षाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै एमालेले भयरहित र निर्भिक रूपमा मतदान गर्न सक्ने वातावरण अझै तयार नभएको दाबी गरेको छ।

फरार कैदीबन्दी, अवैध हातहतियार, राजधानीमा बढ्दो लुटपाट तथा बाराको परवानीपुरमा भएको हत्याको घटनाले सुरक्षा अवस्थामाथि प्रश्न उठाएको पार्टीको भनाइ छ।

यस्ता घटनाको शीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र कडा सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरिएको प्रचार संयोजक मीनबहादुर शाहीले जनाएका छन् ।

निर्वाचन आचारसंहिताको निरन्तर उल्लङ्घन भइरहेको उल्लेख गर्दै एमालेले राष्ट्रिय अखण्डता, सार्वभौमिकता र शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिमाथि निगरानी बढाउन सम्बन्धित निकायलाई भनेको छ।

अन्यथा उत्पन्न हुन सक्ने अराजकता, हिंसा र कानुन उल्लङ्घनको जिम्मेवारी सरकार र सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी पनि दिएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  २ : ५९ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु