१६३ क्षेत्रमा एमालेका उम्मेदवार : रूकुम पश्चिममा जनार्दनलाई साथ, मनाङमा खाली, केही स्थानमा अझै तालमेल हुन सक्ने « Khabarhub

१६३ क्षेत्रमा एमालेका उम्मेदवार : रूकुम पश्चिममा जनार्दनलाई साथ, मनाङमा खाली, केही स्थानमा अझै तालमेल हुन सक्ने


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ गते हुन लागेको निर्वाचनका लागि देशभरका १६३ क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार कायम भएको जनाएको छ ।

एमाले निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम भएको जनाएका छन् ।

शाहीका अनुसार कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ।

उता मनाङमा भने प्राविधिक कारणले उम्मेदवारी कायम हुन नसकेको उनले बताएका छन् ।

एमालेले स्थानीय वस्तुस्थितिका आधारमा अन्य दल तथा समूहसँग संवाद र सहमति जारी रहेको जनाएको छ।

पार्टीले यी उम्मेदवारीलाई ‘षड्यन्त्र, जालझेल र घेराबन्दीविरुद्धको नागरिक तथा राजनीतिक खबरदारी’ का रूपमा प्रस्तुत गरेको छ।

एमालेले नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिहरूसँग चुनावी तालमेलको कोसिस गरिरहेको छ । नेपाली कांग्रेसले ढोका बन्द गरेको अवस्थमा एमालेले झापा र दाङसहितका केही स्थानमा नेकपासँग तालमेल प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : ०७ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु