१६३ क्षेत्रमा एमालेका उम्मेदवार : रूकुम पश्चिममा जनार्दनलाई साथ, मनाङमा खाली, केही स्थानमा अझै तालमेल हुन सक्ने « Khabarhub

१६३ क्षेत्रमा एमालेका उम्मेदवार : रूकुम पश्चिममा जनार्दनलाई साथ, मनाङमा खाली, केही स्थानमा अझै तालमेल हुन सक्ने


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ गते हुन लागेको निर्वाचनका लागि देशभरका १६३ क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार कायम भएको जनाएको छ ।

एमाले निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम भएको जनाएका छन् ।

शाहीका अनुसार कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ।

उता मनाङमा भने प्राविधिक कारणले उम्मेदवारी कायम हुन नसकेको उनले बताएका छन् ।

एमालेले स्थानीय वस्तुस्थितिका आधारमा अन्य दल तथा समूहसँग संवाद र सहमति जारी रहेको जनाएको छ।

पार्टीले यी उम्मेदवारीलाई ‘षड्यन्त्र, जालझेल र घेराबन्दीविरुद्धको नागरिक तथा राजनीतिक खबरदारी’ का रूपमा प्रस्तुत गरेको छ।

एमालेले नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिहरूसँग चुनावी तालमेलको कोसिस गरिरहेको छ । नेपाली कांग्रेसले ढोका बन्द गरेको अवस्थमा एमालेले झापा र दाङसहितका केही स्थानमा नेकपासँग तालमेल प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : ०७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली