उपराष्ट्रपति यादव भन्छन्- लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण  « Khabarhub

उपराष्ट्रपति यादव भन्छन्- लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण 


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण अवसर भएको बताएका छन् । 

आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाई समावेशितालाई सुदृढ गर्ने भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह समेत गरे ।

लोकतन्त्रलाई जीवन्त राख्न र समावेशितालाई बलियो बनाउन समेत निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । उपराष्ट्रपति यादवले निर्वाचनले नागरिकलाई राज्यको समान हिस्सेदारको रुपमा अनुभूत गराउने काम गर्ने धारणा राखे ।

उनले प्रत्येक नागरिकले आफ्नो पहिचानलाई सम्मानित र अधिकारलाई सुनिश्चित भएको अनुभूति गरे मात्रै समावेशी लोकतन्त्रको सार्थकता पुष्टि हुने उल्लेख गरे ।  

समतामूलक समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने काम यस्ता संवैधानिक आयोगको पनि भएको उनको भनाइ छ । 

कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगबाट सिफारिस १० प्रतिशतभन्दा बढी कार्यान्वयन हुन नसक्नु दुखद भएको बताए । 

सो अवसरमा आदिवासी जनजातिको हकहितमा योगदान पुराउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : ४६ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६