देशको अवस्थाले जनताको मानसिक स्वास्थ्यमा असर पारेको छ : स्वास्थ्यमन्त्री शर्मा « Khabarhub

देशको अवस्थाले जनताको मानसिक स्वास्थ्यमा असर पारेको छ : स्वास्थ्यमन्त्री शर्मा


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएकी छन् ।

बुधबार लगनखेलस्थित मानसिक अस्पतालको अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले आफूले शपथ ग्रहण गरेकै दिनदेखि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् ।

उनले अहिलेको राष्ट्रिय परिस्थितिका कारण समाजमा विभिन्न किसिमका विचलनहरू देखापरेको र त्यसको प्रत्यक्ष प्रभाव मानसिक स्वास्थ्यमा परेको उल्लेख गरिन् ।

‘मानसिक स्वास्थ्यलाई मैले शपथ ग्रहणकै दिनदेखि प्राथमिकतामा राखेको थिएँ । देश जुन परिस्थितिबाट गुज्रिरहेको छ, त्यसले समाजमा अनेक प्रकारका समस्याहरू जन्माएको छ, जसको प्रत्यक्ष असर मानसिक स्वास्थ्यमा देखिएको छ,’ मन्त्री शर्माले भनिन् । 

उनले विभिन्न अस्पतालहरूको निरीक्षणका क्रममा आफूले अनुमान गरेभन्दा धेरै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरू देखिएको बताइन् । 

महिला, पुरुष, किशोरी तथा बालबालिकासमेत मानसिक समस्याका कारण अस्पतालका बेडमा भर्ना हुनुपरेको र ओपिडीमा पनि बिरामीको उल्लेख्य भीड रहेको उनको भनाइ छ । मन्त्री शर्माले मानसिक स्वास्थ्य क्षेत्रले लामो समयदेखि अपेक्षित प्राथमिकता नपाएको स्पष्ट भएको उल्लेख गर्दै यस क्षेत्रलाई अब उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन् । उनले आगामी सरकारले पनि मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिएर प्रभावकारी कार्यक्रम अघि बढाउन आग्रह गरिन् ।

‘मानसिक स्वास्थ्य धेरै वर्षसम्म जति प्राथमिकतामा पर्नुपर्ने हो, त्यति पर्न सकेको छैन । अब आउने सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर ठोस कार्यक्रम अघि बढाओस्,’ उनले भनिन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : ५९ बजे

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र