प्रदीप पौडेलले भने- क्यान्सर नियन्त्रणमा मैले थालेका प्रयासलाई निरन्तरता दिनुस् « Khabarhub

प्रदीप पौडेलले भने- क्यान्सर नियन्त्रणमा मैले थालेका प्रयासलाई निरन्तरता दिनुस्


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका क्षेत्रमा आफू नेतृत्वमा रहँदा थालेका असल प्रयासलाई निरन्तरता दिन आग्रह गरेका छन् । 

विश्व क्यान्सर दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले पहिलो निर्णय नै क्यान्सर नियन्त्रणका क्षेत्रमा रणनीति बनाएर थालेको बताउँदै असल प्रयासहरू गरिएको स्मरण गरे । 

अझै पनि क्यान्सर उपचार महँगो भएको गुनासो सुनिने गरेको भन्दै पौडेलले विगतमा सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार तथा क्यान्सर उपचार हुने सरकारी अस्पतालहरुको क्षमता वृद्धिमा प्रशस्त काम भएको बताए ।

‘क्यान्सर उपचार हुने पाँच सरकारी अस्पतालमार्फत बाल क्यान्सरको निःशुल्क उपचार थालिएको थियो,’ उनले भने, आर्थिक अभावमा जीवनमरणको दोसाँधमा परेका आमाहरूको आँसु देख्न नसकेर सुरु गरिएको बाल क्यान्सरको निःशुल्क उपचारदेखि दैनिक ४ जनाको ज्यान जाने पाठेघरको मुखको क्यान्सरबाट छोरीहरूलाई जीवनभर रक्षा गर्न गरिएका प्रयासले धेरैको मुहारमा खुसी छाएको अनुभूत गर्न पाउँदा थोरै भए पनि सन्तोष मिलेको छ ।‘

पूर्व मन्त्री पौडेलले गत वर्ष मात्र १५ लाख किशोरीहरूलाई एचपीभी खोप उपलब्ध गराइएको स्मरण गर्दै यसलाई हरेक वर्ष कार्यक्रमका रुपमा अघि बढाउने व्यवस्था भएको बताए । 

महिलाहरूमा पाठेघरको मुखको क्यान्सर कम गर्न हरेक वर्ष फागुन महिनालाई निःशुल्क स्क्रिनिङ महिनाको घोषणा गरेर उपचारको लागि सहजीकरण गरिएको समेत उनले बताए ।

महँगा र दुर्लभ औषधी सरकारी अस्पतालमा विभिन्न माध्यमबाट निःशुल्क उपलब्ध गराउने काम भएको भन्दै उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पतालअन्तर्गतको सुरेश वाग्ले क्यान्सर उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र वीर अस्पतालमा क्षमता वृद्धि गर्ने गरी काम अघि बढाएको बताए ।

नेपालमा सरकारी तहमा क्यान्सर उपचारमा अति आवश्यक पेटिस्क्यान मेसिन र साइक्लोटोनको व्यवस्था नभएकाले सबै क्यान्सर अस्पतालमा पेटिस्क्यान मेसिनका लागि श्रोत व्यवस्था गरिएको बताए । 

बीपी कोइराला मेमोरियल अस्पतालमा क्यान्सर उपचारमा उपयोगी औषधी साइक्लोटोनसहितको पेटिस्क्यान राख्ने गरी बहुवर्षिय कार्यक्रम स्वीकृत गरिएको पनि बताए ।

पूर्व मन्त्री पौडेलले यी सबै कामले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै भने, ‘यी काम निरन्तर रहेर पूर्ण कार्यान्वयन भएर अघि बढ्न सके नेपालको क्यान्सर उपचारमा सहजीकरण हुनेछ ।’

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : ०७ बजे

युएईमा रुस–युक्रेन वार्ता, डोनबासबारे अडान यथावत

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी अबु धाबीमा रुस

जापानको भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केका

साफ यू–१९ महिला च्याम्पियनसिप उपाधिका लागि बंगलादेश–भारत भिड्ने

काठमाडौं– पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश

गृहमन्त्री अर्यालसँग युएनओडीसी क्षेत्रीय प्रतिनिधिको भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्र सङ्घीय लागूऔषध तथा अपराध

स्वास्थ्य बीमाको आर्थिक सकंट टार्न अर्थ मन्त्रालयसँग १५ अर्ब बजेट माग

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा