स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान हुन्छ : प्रधानमन्त्री « Khabarhub

स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान हुन्छ : प्रधानमन्त्री


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी छन् ।

बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने बताइन् ।

उनले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताइन् । गरिब, अपांग, अशक्तलगायत कमजोर मानिसका लागि सो कार्यक्रम भएकाले उनीहरूको हित हुने गरी सो कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बीमाका लागि आवश्यक  बजेटको व्यवस्था गर्ने पनि बताइन् । 

जनताले प्रिमियर तिर्ने तर सरकारले उनीहरूका लागि बजेटको व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन नसक्ने पनि प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : २३ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री