साफ यू–१९ महिला च्याम्पियनसिप उपाधिका लागि बंगलादेश–भारत भिड्ने « Khabarhub

साफ यू–१९ महिला च्याम्पियनसिप उपाधिका लागि बंगलादेश–भारत भिड्ने


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।  

बुधबार पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा भुटानलाई पराजित गर्दै भारत र नेपाललाई पराजित गर्दै बंगलादेश यू–१९ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको हो । 

बुधबारको पहिलो खेलमा भारतले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो । 

भारतकी पर्ल फर्नान्डेजले खेलमा ह्याट्रिक गर्न सफल भइन् । उनले खेलको छैटौँ, ३९औँ र ४१औँ मिनेटमा गोल गरेकी थिइन् । त्यसैगरी प्रतिका बर्मनले २५औँ र ९०औँ मिनेटमा गोल गरिन् । एलिशा लिङदोज, एविस्था र दिव्यानी लिन्डाले समान एक÷एक गोल गरेका छन् ।

त्यस्तै बुधबार नै भएको लिग चरणको अर्को खेलमा बंगलादेशसँग ४–० गोल अन्तरले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।

बंगलादेश प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो भने भारत ३ खेलमा २ जित र एक हारसहित फाइनलमा पुगेको हो । अब बंगलादेश र भारतबीचको फाइनल खेल आगामी शनिबार हुने छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ६ : १८ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव