हुम्लामा औषधि खरिदमा अनियमितता : लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा मुद्दा  « Khabarhub

हुम्लामा औषधि खरिदमा अनियमितता : लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा मुद्दा 


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि खरिदमा नक्कली बिल बनाई रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सह–लेखापाल बिर्ससिहं सुनार र नेपालगञ्जस्थित आर्यन फार्माका सञ्चालक कृष्ण कुमार भुजुवाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारको अनुसन्धान अनुसार, स्वास्थ्य शाखाका लागि औषधि तथा उपकरण खरिद गर्दा मिलेमतोमा खरिद नगरेको सामग्रीको बिल बनाइ लाखौं रुपैयाँ भुक्तानी लिइएको पाइएको छ। अनुसन्धानका क्रममा १२ सय रुपैयाँको बिललाई ९२ हजार रुपैयाँ बनाइ भुक्तानी लिएको खुलेको छ। बागेश्वरी सर्जिकलबाट खरिद गरिएको सामानको बिल १ हजार २ सय रुपैयाँको थियो, तर त्यसलाई ९२ हजार बनाइएको थियो।

त्यस्तै, एलाइड प्याथोक्याम एण्ड सर्जिकलको १ हजार ३५० रुपैयाँको बिललाई १ लाख १ हजार ३५० रुपैयाँ बनाइ भुक्तानी गरिएको र नक्कली ढुवानी बिल बनाएको समेत पाइएको छ। एउटा औषधिको सट्टा अर्कै सामग्री बिक्री देखाएर झुटो बिल पेश गरेको पनि पुष्टि भएको छ। अख्तियारले उनीहरूले कुल १ लाख ९१ हजार ८ सय ५० रुपैयाँ हिनामिना गरेको ठहर गरेको छ।

आयोगले चारै जनाविरुद्ध जनही १ लाख ९१ हजार ८ सय ५० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोसहित जरिवाना माग गरेको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ५ : ४७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६