जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त « Khabarhub

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी माग गर्दा अत्यधिक दरखास्त परेका छन्।

तथ्यांक कार्यालयले माघ १ गतेदेखि ५२६ सुपरिवेक्षक र तीन हजार ९१३ गणक गरी चार हजार ४३९ कर्मचारीका लागि दरखास्त लिन सुरु गरेको थियो। बुधबारसम्म एक लाख १३ हजार ३५० दरखास्त परेको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जनाएका छन्।

तथ्यांक कार्यालयले अनलाइनमार्फत सिधैं आवेदन दिन सकिने व्यवस्था गरेको थियो। तर, अत्यधिक चापका कारण सर्भरमा ओभर कक्राउन भएका कारणले सबै दरखास्त लिन नसिकिएको लामिछानेले जनाएका छन्।

जसले गर्दा दरखास्त दिने म्याद थप गरिएको तथ्यांका कार्यालयले जनाएको छ। माघ २२ गतेसम्म दरखास्त दिने समय तोकिएको भए पनि पाँच दिन बढाएर माघ २६ गतेसम्म थपिएको छ।

तथ्यांक कार्यालयले साढे दुई महिनाका लागि करारमा कर्मचारी राख्न लागेको हो। यसमा सुपरिवेक्षकको मासिक ३४ हजार ७३० र गणकको ३२ हजार ९०२ रुपैयाँ तलब तोकिएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : ५९ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष