एमाले र प्रलोपाबीच चुनावी तालमेल, रुकुम पश्चिममा जनार्दनलाई भोट हाल्ने सहमति « Khabarhub

एमाले र प्रलोपाबीच चुनावी तालमेल, रुकुम पश्चिममा जनार्दनलाई भोट हाल्ने सहमति


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच नयाँ सहमति भएको छ।

२०८२ माघ १८ गते भएको सहमतिलाई आंशिक संशोधन गर्दै दुवै दलले तीनबुँदे नयाँ सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार पश्चिम रुकुममा एमालेका उम्मेदवार जनार्दन शर्माको पक्षमा प्रगतिशील लोकतान्त्रिक पार्टीले समर्थन जनाउने भएको छ। यसअघि उक्त क्षेत्रमा उम्मेदवार रहेका सन्दीप पुनको नाम हटाइएको जनाइएको छ।

त्यसैगरी, कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु जिल्लासहित पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमार्फत मतदान गर्ने सहमति कायम गरिएको छ।

सहमति कार्यान्वयनका लागि दुवै दलले आफ्ना आन्तरिक पंक्तिलाई पुनः निर्देशन दिने निर्णयसमेत गरेका छन्।

नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।

दुवै दलबीच भएको यो सहमतिले आगामी निर्वाचनमा आपसी सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १ : १० बजे

अमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी

मस्को- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाविरुद्ध लड्न रूसले इरानलाई ड्रोन

रास्वपाले आयोगमा ४८ महिला र ९ पुरुषको नाम पठाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा परेका ५७ जनाको नाम

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पाल्पा– बगनासकाली गाउँपालिका –२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

इरानसँगको युद्धमा मर्ने अमेरिकी सैनिकको संख्या १३ पुग्यो

वासिङ्टन– इरानसँग जारी युद्धका क्रममा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु

चैत महिनाका लागि घट्यो बैंकहरूमा निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर यही