राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदन : अर्थतन्त्र सुधारोन्मुख, प्रभाव भने असमान « Khabarhub

राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदन : अर्थतन्त्र सुधारोन्मुख, प्रभाव भने असमान


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाए पनि विभिन्न क्षेत्रमा यसको प्रभाव भने असमान रहेको छ । नेपाल राष्ट्र बैंकले अर्धवार्षिक समष्टिगत आर्थिक प्रतिवेदनमार्फत सो औँल्याएको हो ।

आर्थिक वर्ष २०२५/२६ को पहिलो त्रैमासमा ‘जेन-जी’ आन्दोलनका कारण राजनीतिक र सामाजिक अशान्ति देखिए पनि समग्र आर्थिक परिदृश्य भने स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । साथै, चालु आर्थिक वर्षमा अर्थतन्त्रका प्रमुख सूचकहरू लक्ष्यभन्दा केही तल रहने अनुमान गरिएको छ । 

सरकारले सुरुवाती आर्थिक वृद्धिदर वार्षिक ६ प्रतिशतको लक्ष्य राखेको भएपनि ४ प्रतिशतको हाराहारीमा सीमित रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ । त्यस्तै, उपभोक्ता मूल्य मुद्रास्फीति वार्षिक ५ प्रतिशतको प्रक्षेपणभन्दा कम अर्थात् करिब ४ प्रतिशत रहने अनुमान प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समयमा नेपालको कुल गार्हस्थ्य उत्पादनको संरचनामा परिवर्तन आउँदै सेवा क्षेत्रको विस्तार भएको छ र कृषि र उद्योग क्षेत्र खुम्चिँदै गएका छन् । मुलुकको माग पक्षको ठूलो हिस्सा भने उपभोगमा निर्भर रहेको उल्लेख छ । 

अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता पर्याप्त रहे पनि कर्जा बिस्तार भने अपेक्षित रूपमा हुन सकेको छैन । जसले गर्दा कतिपय निक्षेपतर्फको ब्याजदर निकै न्यून हुन पुगेको छ । साथै, पछिल्लो दुई वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा उल्लेख्य रूपमा बढेर वासलातमा दबाब परे पनि पछिल्लो समय कर्जा असुलीमा सुधार भई निष्क्रिय कर्जा स्थिर बन्न पुगेको छ ।

तर, नेपालको बाह्य क्षेत्र बलियो देखिए पनि यो दिगो नभएको राष्ट्र बैंकले निष्कर्ष निकालेको छ । शोधनान्तर स्थिति ऐतिहासिक बचतमा छ, जसले गर्दा विदेशी मुद्रा सञ्चिति बढेको छ । तर, यो बचत मुख्यतया विप्रेषण आप्रवाहमा निर्भर रहेको र विप्रेषण आफैँमा बाह्य कारकहरूप्रति संवेदनशील रहेको प्रतिवेदनमा उल्लेख छ ।

व्यापार घाटा ऐतिहासिक रूपमा न्यून रहे पनि खानेतेलको (कृत्रिम) निर्यातमा निर्भर रहेकोले नेपालको निर्यात वृद्धि जोखिमपूर्ण रहेको पनि राष्ट्र बैंकले औँल्याएको छ । 

त्यस्तै, वित्तीय क्षेत्रमा सुधारका संकेतहरू देखिए पनि केही गम्भीर चुनौतीहरू कायमै रहेको भन्दै प्रतिवेदनमा राजस्व संकलन कमजोर रहेको र अझै पनि महामारी पूर्वको अवस्थामा फर्किन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार निरन्तरको नकारात्मक वित्तीय सन्तुलन र बाह्य अनुदान घट्दै जाँदा सरकारको वित्तीय आवश्यकता बढेको छ, जसले गर्दा कुल सार्वजनिक ऋण निरन्तर बढिरहेको छ ।

आन्तरिक ऋणमा बढी निर्भर हुँदा ब्याजदर र ‘रोलओभर’ जोखिम बढेको भन्दै राष्ट्र बैंकले समग्र ऋणको स्तर क्षेत्रीय औसतभन्दा तल र ऋण दिगोपनको जोखिमभन्दा निकै कम रहेकाले सरकारसँग उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने ‘फिस्कल स्पेस’ अझै बाँकी रहेको औँल्याएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १ : ३५ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले