सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन « Khabarhub

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र हत्या र दुर्व्यवहारप्रति चुप लागेर नबस्ने चेतावनी दिएकी छन् । 

काठमाडौं क्षेत्र नम्बर–५ बाट उनले ‘गतिशील लोकतान्त्रिक पार्टी’ को तर्फबाट उम्मेदवारी दिएकी छिन् । अभिनेत्रीसमेत रहेकी अधिकारीले उम्मेदवारी दर्तासँगै आफूमाथि भइरहेका व्यक्तिगत आक्रमणप्रति कडा आक्रोश पोखेकी छन् । 

आफ्नो चरित्र हत्या विरुद्धमा उनले ‘अति गर्नु अत्याचार नगर्नु’ भन्दै कडा चेतावनी पनि दिएकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई विचलित बनाउन गरिएको शब्दहरुप्रति चुप लागेर नबस्ने प्रतिक्रिया दिएकी छिन् । यो भन्दा पहिले पनि निशाले अपशब्द प्रयोग गरेर हिंसा नगर्न आग्रह गरेकी थिइन् । तर अपशब्दको प्रहार नरोकिएपछि यस पटक उनले प्रोफाइलसहित तिनीहरूका नाम सार्वजनिक गरेकी छिन् । 

उनले लेखेकी छिन्, ‘अति गर्नु अत्याचार नगर्नु । यो दोस्रो भाग हो । यसपालि मैले नामहरू लुकाएको छैन । किनकि कहिलेकाहीँ घृणा गुमनाम भएर होइन । खुलेआम सामान्यीकृत भएर फैलिन्छ । महिलाले नेतृत्व लिन खोज्दा सबैभन्दा पहिले उनको नीति होइन । उनको निजी जीवन छानिन्छ । उनको क्षमता होइन । उनको चरित्रमाथि प्रश्न उठाइन्छ । यो केवल मेरो कथा होइन । यो सार्वजनिक जीवनमा रहेका धेरै महिलाको साझा अनुभव हो । 

म यी शब्दहरूबाट विचलित हुदिन । तर म चुप पनि बस्दिन । शब्दहरू हल्का हुँदैनन् र ती समाजको सोच बोकेर आउँछन् । हामी कस्तो राजनीतिक संस्कृति निर्माण गदै छौँ ? असहमति गर्ने तर सम्मान जोगाउने ? कि असहमतिलाई अपमानमा बदल्ने ? यो पोस्ट मत माग्नका लागि होइन । यो मात्र सम्झनाका लागि हो कि लोकतन्त्रको स्तर हामीले एक–अर्कासँग प्रयोग गर्ने भाषाबाट मापन हुन्छ ।’

यि हुन् उनले राखेका प्रोपाइल

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १ : ४१ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६