गृह मन्त्रालय भन्छ : आवश्यकता अनुसार हेलिकप्टर परिचालन गर्छौँ « Khabarhub

गृह मन्त्रालय भन्छ : आवश्यकता अनुसार हेलिकप्टर परिचालन गर्छौँ


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले भोलि हुने निर्वाचनका लागि आफूले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरेको बताएको छ । 

मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको हो । आचार्यका अनुसार हिमाली जिल्ला र सवारी साधन पुग्न नसक्ने ठाउँहरूमा हेलिकप्टरबाट मतपेटिका पुर्‍याउने र मतपत्र सदरमुकामसम्म पनि हेलिकप्टरबाटै ल्याउने सुविधा उपलब्ध गराइएको  छ। 

‘मतपेटिका सदरमुकामसम्म ल्याउन हेलिकप्टरको व्यवस्था मिलाएका छौँ। कति आवश्यक पर्छ हेलिकप्टर त्यति नै परिचालन गर्छौँ । यति वटा परिचालन गर्ने भन्ने त्यस्तो डाटा छैन । आवश्यक पर्ने हेलिकप्टर स्टेनबाइ राखेका छौँ । जिल्ला सदरमुकामसम्म भोलि नै मतपेटिका आउनका लागि कुनै पनि जिल्ला अथवा मतदान स्थानमा समस्या हुने छैन ।’ सुवेदीले खबरहबलाई भनिन्,’विकट ठाउँ र लामो दूरीको सवारी साधन पुग्ने ठाउँमा पनि हेलिकप्टर परिचालन हुनुपर्छ कि भन्ने गरेको तयारी गरेका छौँ । मतपेटिका मतदान स्थलमा रहने छैनन् ।’

सुवेदीका अनुसार मतदान स्थलबाट भोलि नै जिल्ला जिल्लामा मतपेटिका पुर्‍याउने तयारी सरकारले गरेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  २ : ३२ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२