गृह मन्त्रालय भन्छ : आवश्यकता अनुसार हेलिकप्टर परिचालन गर्छौँ « Khabarhub

गृह मन्त्रालय भन्छ : आवश्यकता अनुसार हेलिकप्टर परिचालन गर्छौँ


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले भोलि हुने निर्वाचनका लागि आफूले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरेको बताएको छ । 

मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको हो । आचार्यका अनुसार हिमाली जिल्ला र सवारी साधन पुग्न नसक्ने ठाउँहरूमा हेलिकप्टरबाट मतपेटिका पुर्‍याउने र मतपत्र सदरमुकामसम्म पनि हेलिकप्टरबाटै ल्याउने सुविधा उपलब्ध गराइएको  छ। 

‘मतपेटिका सदरमुकामसम्म ल्याउन हेलिकप्टरको व्यवस्था मिलाएका छौँ। कति आवश्यक पर्छ हेलिकप्टर त्यति नै परिचालन गर्छौँ । यति वटा परिचालन गर्ने भन्ने त्यस्तो डाटा छैन । आवश्यक पर्ने हेलिकप्टर स्टेनबाइ राखेका छौँ । जिल्ला सदरमुकामसम्म भोलि नै मतपेटिका आउनका लागि कुनै पनि जिल्ला अथवा मतदान स्थानमा समस्या हुने छैन ।’ सुवेदीले खबरहबलाई भनिन्,’विकट ठाउँ र लामो दूरीको सवारी साधन पुग्ने ठाउँमा पनि हेलिकप्टर परिचालन हुनुपर्छ कि भन्ने गरेको तयारी गरेका छौँ । मतपेटिका मतदान स्थलमा रहने छैनन् ।’

सुवेदीका अनुसार मतदान स्थलबाट भोलि नै जिल्ला जिल्लामा मतपेटिका पुर्‍याउने तयारी सरकारले गरेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  २ : ३२ बजे

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने

शंकर अग्रवाल छुट्दा छोरालाई शुलभलाई थपियो ५ दिन म्याद

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा

कांग्रेस नेता खड्का अझै ७ दिन हिरासतमा रहने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्का अझै सात

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

लुम्बिनी– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक

नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वस्त छु : अध्यक्ष हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा