गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने « Khabarhub

गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि हेलिकप्टर गस्ती गर्दा सेनाको हेलिकप्टरले अपुग हुने भएपछि अन्य कम्पनीको पनि हेलिकप्टर प्रयोग गर्ने निर्णय गरेको छ । 

गृह मन्त्रालयका प्रवक्ता रमा आचार्यका अनुसार नेपाली सेनाको हेलिकप्टरले मात्रै गस्ती गर्न नपुग्ने भएपछि अन्य कम्पनीसँग पनि सहकार्य गरेर हेलिकप्टर परिचालन गर्ने निर्णय भएको हो। 

आचार्यका अनुसार बिहान बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । ‘अति संवेदनशील र संविधानशील मतदान केन्द्रमा मात्र होइन अन्य ठाउँमा पनि देशैभरि हेलिकप्टर मार्फत गस्ती गर्ने निर्णय भएको छ ।’ आचार्यले खबरहबलाई भनिन्,’ यसका लागि हामीले हेलिकप्टरको तयारी पूरा गरेका छौँ । कति सङ्ख्यामा परिचालन हुन्छ भन्ने अहिले डाटा छैन। आवश्यकता अनुसार परिचालन गर्नका लागि पर्याप्त छ ।’

उनका अनुसार भोलिको निर्वाचनका लागि गृह मन्त्रालय र सुरक्षा परिषद्ले तयारी पूरा गरेको जानकारी उपलब्ध भएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  २ : ५५ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६