जैमिनीमा कृषि संकलन केन्द्र निर्माण « Khabarhub

जैमिनीमा कृषि संकलन केन्द्र निर्माण


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा कृषि संकलन केन्द्र निर्माण गरिएको छ । जैमिनी-३ को तीन लाख १२ हजार लागतमा कृषि संकलन केन्द्र निर्माण गरिएको हो ।

दमेकमा उत्पादन हुने आलु, भाँगो, जडीबुटीलगायत सामग्री सङ्कलन, बजारीकरण गर्नेलगायत उद्देश्यले भवन निर्माण गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए। 

‘हाम्रो उद्देश्य यहाँको स्थानीय उत्पादन संकलन गरी बजारीकरणसँगै प्रवर्द्धन गर्ने हो । वडा नं ३ मा उत्पादिन सामग्री यहाँ संकलन गरिन्छ, त्यसपछि जैमिनी नगरपालिकाको कृषि एम्बुलेन्समा राखेर बिक्री गर्न पठाइन्छ’, उनले भने, ‘कृषि सामग्री संकलनका लागि घरघर जान नपरोस् भन्ने उद्देश्यले यो काम थालेका छौँ ।’

यसअघि कृषि संकलन केन्द्र नहुँदा कृषि उत्पादनले बजार पाउन नसकेका बताउँदै उनले किसानलाई बिक्रीका लागि असहज हुँदै आएकामा अब समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले भने, ‘अब यसले यहाँका हरेक कृषकलाई आम्दानीसँग जोड्न सहयोग गर्नेछ ।’

स्थानीय भैरवप्रसाद सापकोटाले यहाँ संकलन केन्द्र अतिआवश्यक रहेको बताए। उनले भने, ‘किसानलाई आम्दानीसँगै जोड्न तथा कृषि उत्पादनको बजारीकरणसँगै प्रवर्द्धनका लागि पनि आवश्यक थियो । ठिक ठाउँ र समयमा केन्द्र निर्माण गरी सञ्चालनमा आएपछि किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।’

कृषि पेसा गर्दै आएका उनले गाउँमा सडक, यातायातको पहुँच विस्तार भएसँगै कृषि उत्पादनमा प्रगति भइरहेको भन्दै केन्द्रले बजारीकरणमा सघाउने विश्वास व्यक्त गरे। 

‘हामीले उत्पादन गरेका वस्तु संकलन गर्ने छौँ, त्यसपछि गाडीमार्फत बजारसम्म लगिने छ’, उनले भने। उनका अनुसार यहाँ सबैभन्दा बढी आलु र भाँगो उत्पादन हुन्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ३ : ०१ बजे

ताप्लेजुङमा एमालेका थेबे तेस्रो

काठमाडौं- ताप्लेजुङमा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका क्षितिज

मतगणना भइरहँदा डिपी पुगे समर्थक भेट्न

मतगणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपीले अर्याल काठमाडौं ८

आयोगको निर्देशनपछि स्याङ्जा–२ मा मतगणना थालिँदै

स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन

प्रतिनिधिसभा सदस्य निर्वाचन : हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

काठमाडौं– हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न

चितवन ३ मा सोविता ४ हजार ६२३ मतले अगाडी

चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी